३ आश्विन २०८१, बिहिबार | September 20, 2024

उपराष्ट्रपति यादवलाई के भयो


October 10, 2023
0
Shares

काठमाडौं, २३ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई अचानक स्वास्थ्यमा समस्या आयो । रिंगटा लाग्ने, जिउ दुख्ने समस्या भएपछि सोमबार नै चिकित्सकको परामर्श सुरु भयो ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालले चेकजाँच गरे । उनलाई वीर अस्पताल लगेर परीक्षणहरु गरियो ।

डेंगुको आशंकामा पनि परीक्षण भयो । तर, केही देखिएन ।

वीरमा मुटुको समेत चेकजाँच भयो । सबै ठिकठाक देखियो । यादवलाई फुड पोइजन भएको रहेछ । उपचारपछि उनी आजै उपराष्ट्रपतिको सरकारी निवासमा फर्किएका छन् ।

उपराष्ट्रपति यादवलाई आराम गर्ने सल्लाह दिइएको छ ।

प्रतिक्रिया