८ आश्विन २०८१, मंगलबार | September 25, 2024

चाँडबाँडमा शान्तिसुरक्षा चुस्त दुरुस्त राख्न भक्तपुरकी सिडिओ रोशनी श्रेष्ठ सक्रिय


October 10, 2023
166
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । भक्तपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हालेलगत्तै रोशनी श्रेष्ठको सक्रियता बढेको छ । उनले विशेषगरी दशैंतिहारमा शान्तिसुरक्षामा बढ्नसक्ने चुनौतीलाई मध्यनजर राखी सक्रियता बढाएकी हुन् ।

श्रेष्ठले जिल्लाका सुरक्षा निकायका अधिकारीहरुलाई शान्तिसुरक्षा चुस्त दुरुस्त राख्न निर्देशन दिइसकेकी छिन् । उनले नेपाली पेनसँगको कुराकानीमा भक्तपुरमा शान्ति ,सुरक्षा ,सुशासन पारदर्शिता प्रमुख प्राथमिकता रहेको प्रमुख बताइन् ।

दशै,तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गएकाले हुन सक्नेचोरी ,लुटपाटका घटना रोक्न प्रभावकारी योजना बनाएको उनको भनाई छ । जिल्लामा कालोबजारी हुन नदिन अनुगमन प्रभावकारी बनाइएको बताइन् ।

भक्तपुरको छ लेन सडकमा सवारी दुर्घटना न्यनीकरणका विशेष योजना बनाउने कार्यान्वयन गर्ने बताएको छिन् । भक्तपुरमा रहेको निर्माण व्यवसायी लाई खाल्डाखुल्डी ,संरचना बनाउने कार्य समयमा नै गर्न दिएको स्पष्ट पारिन्।

प्रतिक्रिया