१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अझै केही वर्ष पार्टीलाई मात्र होइन केपी ओलीको सिंगो देशलाई आवश्यकता छ : गायक केसी (भिडियोसहित)


October 8, 2023
0
Shares

काठमाडौं, २१ असोज । गायक तथा समाजसेवी युनिक केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशभक्ति नेता भएको दाबी गरेका छन् । पार्टीभित्र मात्रै नभएर देशको राष्ट्रिय राजनीतिमा ओलीको खाँचो रहेको उनको भनाइ छ ।

नेपालीपेन सँगको कुराकानीको क्रममा केसीले संघीयता कार्यान्वयनमा ओलीले महत्वपुर्ण भूमिका खेलेको स्मरण गर्दै भने,“केपी ओली राष्ट्रभक्त,देशभक्त र युगपुरुष हुन् भन्ने मलाई लाग्छ ।”

ओलीको विकल्प पार्टी र देशभित्रै पनि नभएको दाबी गर्दै गायक केसीले केपी ओलीको नेपालको राजनीतिक इतिहासमा अतुलनिय योगदान रहेको बताए । “राष्ट्रिय राजनीतिमा अग्रसर ओलीज्युले आम नागरिकहरुलाई नागरिक भएर जिउने वातावरण सिर्जना गर्नुभयो । देशमा प्रधानमन्त्री छन् है भन्ने जनतालाई आस्वस्त बनाउन पनि सफल हुनुभयो ।” उनले भने,“नेपालीहरुलाई सानका साथ बाँच्न र हाँस्न सिकाउनुभयो, सारा नेपालीले विश्वास गर्न लायकको प्रधानमन्त्री छ भन्ने कुरा उहाँको भिजन विथ रिजनले पनि थप प्रष्टायो ।”

ओलीले आफ्नो प्रधानमन्त्री कालमा देशको समृद्धिको आधार तय गरेपनि पुरा गर्न नपाउँदै सरकार ढलेको उनी दाबी गर्छन् । “उहाँले आफ्नो प्रधानमन्त्री कालमा देशको समृद्धिको आधार तय गर्नुभयो,तर विडम्बना उहाँले पुरा गर्न पाउनुभएन, त्यो सपना पुरा गर्न पनि उहाँ फेरी प्रधानमन्त्री हुन आवश्यक छ ।” गायक केसीले भने,“उहाँले आर्थिक वृद्धिको खाका कोर्नुभयो,प्रशासनिक शुद्धता,मुल्यवृद्धि न्युनिकरण,रोजगारीको अवसर सिर्जना,कृषिमा आधुनिकिरणको लागि सुरुवात,महंगी नियन्त्रणका लागि आयात निर्यात सन्तुलित ढंगबाट काम अगाडी बढ्दै थियो,दुर्भाग्यवस ब्रेक लाग्यो । सरकारसँगै जनताको आशा र भरोसा पनि ढल्यो ।”

त्यसैगरी, विगत २०७२ सालमा भारतले नेपालमा गरेको नाकाबन्दीको स्मरण गर्दै केसीले त्यस्तो अफ्ठेरो समयमा पनि एमाले अध्यक्ष ओली भारतसँग नझुकेको पनि बताए । उनले भने,“भारतसँग उहाँ झुक्न चाहानु भएन उहाँले दम देखाउनुभयो । त्यसपछि झन् उहाँलाई जनताले राष्ट्रवादी नेताको रुपमा चिन्न थाले ।”

ओलीकै पालामा लिपुलेक र लिपियाधुरालाई नेपालको नक्सामा समेटेर अन्तर्राष्ट्रिय समुदायमा गौरवान्तित काम गरेको पनि उनले सुनाए । उनले भने,“त्यो काम कसैले गर्न सकेका थिएनन् । उहाँले आँट गर्नुभयो । भुकम्पले क्षतविक्षत भएका नेपाली जनताको घर र नेपालीको मनमनमा बसेर मलम लगाउन विशेष कार्यक्रम ल्याएर पुननिर्माण गरेर राष्ट्रिय राजनीतिमा ओलीले गौरवपुर्ण इतिहास रच्नुभयो ।”

अबको प्रधानमन्त्रीको रुपमा जनताले ओलीलाई नै हेर्न आतुर रहेको पनि उनले दाबी गरे । “एमाले नै जनताहरुको समस्या र सरोकारका विषयमा राज्यसँग ओकालत गर्ने एकमात्र पार्टी भएको छ ।”–उनले भने । उनका अनुसार भ्रष्टाचारविरुद्ध एमालेले सडक र सदनमा महत्वपुर्ण भुमिका खेलिरहेको छ । रचनात्मक किसिमले देश चलाउन सक्ने योग्यता र क्षमता ओलीमा नै देखिएको भन्दै केसी भन्छन्,“भिजन विथ रिजन भएका नेता ओली नै हुन् ।”

अबको केही दशक ओली ले नै पार्टीमात्र नभई कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने केसीको तर्क छ । ओलीको विकल्पको रुपमा उनले पार्टीको नेतृत्वमा शंकर पोखरलेको सम्भावना देखेको सुनाए । उनले भने“ओलीको विकल्पकै रुपमा रोज्नुपर्दा पार्टी विचारले चल्ने भएकोले महासचिव शंकर पोखरेलज्युलाई रोज्छु । उहाँमा पनि नेतृत्वगर्ने उत्कृष्ट क्षमता छ ।”

उहाँसँग नेपालपेनले गरेको रोचक भिडियो हेर्नुहोस्

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया