२३ भाद्र २०८१, आइतबार | September 8, 2024

दशैंको मुखमा चिफ साबहरु बेलायततिर


October 8, 2023
0
Shares

काठमाडौं, २१ असोज । दशैंको मुखमा सुरक्षा निकायका प्रमुखहरु बेलायततिर लागेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा बेलायती सेनापतिको निम्तोमा त्यसतर्फ लागेका छन् । उनी ६ दिन बेलायतमा रहनेछन् ।

नेपाली सेनाको बेलायती सेनासँग विशेष सम्बन्ध छ । सेनापतिको बेलायत भ्रमणलाई यसकारण पनि अर्थपूर्ण मानिएको छ ।

यसअघि सेनापति शर्मा इन्डो प्यासिफिक सम्मेलनमा सहभागी हुन भारत गएर फर्किएका हुन् । उनले भारतमा पनि महत्वपूर्ण भेटवार्ता गरे ।

यसैगरी, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर पनि बेलायत लागेका छन् । उनी सुरक्षा सम्बन्धि सम्मेलनमा भाग लिन त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया