६ आश्विन २०८१, आइतबार | September 22, 2024

अरबौंको खेलमा सुनिल


October 5, 2023
83
Shares

काठमाडौं,१८ असोज । नेपाल टेलिकमको प्रबन्धक निर्देशकमा सुनिल पौडेललाई ल्याउनुमा अरबौंको खेल थियो भन्ने खुल्दै गयो । उनलाई टेलिकममा ल्याउने गिरोहको सिधा सम्बन्ध चिनियाँ कम्पनी हुवाबेसँग रहेको र उक्त कम्पनीलाई ठेक्का दिलाउने र रकम भुक्तानी सफल बनाउने खेलको सजिलो पात्रका रुपमा सुनिललाई ल्याइएको थियो । टेलिकमको हितमा भन्दा पनि सुनिलले नेपालका केही टेलिकम क्षेत्रका व्यवसायी र हुवाबेको एकपक्षीय हितमा काम गरिरहे । हरेक ठेक्का हुवाबे र केही व्यापारीले मात्र पारिरहे ।

प्वाइन्ट अफ इन्टरकनेक्शनको ठेक्का प्रक्रियामा सुनिलले हुवाबेसँग जोडिएको कम्पनीकै हितमा काम गरे । उनले गत एक महिनाबीच निकाल्न लगाएको ठेक्का १० करोड रुपैयाँभन्दा बढीको छ । त्यसमा सिमित कम्पनीलाई मात्र पार्ने गरी स्पेशिफिकेशन गरियो । ठेक्का प्रक्रियामै हुवाबे र सुनिलनिकट कम्पनीहरु मात्रले पार्ने गरी योजना बनाइएको छ । यसबाट पनि सुनिल हुवाबेका लागि काम गर्दैछन् भन्ने खुल्यो । हुवाबेलाई रकम भुक्तानीका लागि पनि उनी सक्रिय भए । ठेक्का प्रक्रियामा सिमित कम्पनी मात्र प्रारम्भिक छनोटमा पर्ने गरी ठेक्का प्रक्रिया बढाइयो । जसका कारण चीनबाट हुवाबेको मात्र दाबा पर्ने अवस्था बन्यो ।

यसैगरी, २०१७ देखि अध्ययन सामाग्रीका रुपमा गार्डनर प्रकाशित भएको छैन । गार्डनर रिसर्च संस्था हो जसले पाएको सूचना अनुसार तथ्यांक नभई लिष्ट प्रकाशित गर्छ । टेलिकमका सन्दर्भमा यो कुनै आइएसओ या जीएसओ होइन जुन प्रमाणिकरण हुन्छ । सन् २०१७ देखि टेलिकमले रिसर्च गर्न छाडेको छ । धेरै कम्पनीले तथ्यांक दिन छाडेका छन् । गार्डनर लिडर कार्डिएंगल मा सिमित कम्पनी मात्र पर्छ जुन २०१७ को हिसाबमा मात्र छ । यी विवरण फाइभ जी को बिलिङको बारे केही थिएन । अक बिन लागेको फाइभ जी को बिलिङ हो । यो खालको आवश्यकता टेन्डरमा राख्दा सिमित कम्पनी मात्र प्रतिष्पर्धामा आउँछन् । अहिले जुन तरिकाले आवश्यकता टेन्डरमा राख्न खोजिएको छ त्यो हुवाबेलाई नै टेन्डर पार्ने अभिप्रायले ल्याउन खोजिएको छ । यसकारण हुवाबेका लागि यी प्रक्रिया अगाडि बढाइँदैछ । यी यावत् विषयहरुसँग जोडिएको टेन्डर प्रक्रिया बढाउन टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले सञ्चारमन्त्री रेखा शर्मालाई समेत प्रलोभनमा पारेको विश्वस्त स्रोतले बताएको छ । विभिन्न व्यक्तिमार्फत् मन्त्रीलाई प्रभावित पारी दशौं करोडको चलखेल बढाए । जसमा हुवाबेका लागि टेन्डर खोल्ने नै मुख्य रहेको देखियो ।

हुवाबेको विषयले प्रचण्ड सरकारलाई अप्ठ्यारोमा पार्न एउटा समूह नै लागिपरेको छ । कतिपयले यसलाई प्रचण्ड सरकारलाई अमेरिकाले नकारात्मक रुपमा हेर्ने अवस्था बनाउन खोजिएको रुपमा पनि हेर्न थालिएको छ । हुवाबेको विषयमा अमेरिका संवेदनशील हुनेगर्छ । नेपाल टेलिकमले भुक्तानी प्रणाली र प्वाइन्ट अफ इन्टरकनेक्शन हुवाबेले नियमन गर्ने गरी सुम्पन खोज्दैछ । यसका पछाडि पनि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा मुख्य खेलाडी रहेको बुझिएको छ ।

सुनिले हतार हतार भुक्तानी र ठेक्का सम्झौता गर्न सक्रियता बढाइरहे । नेपाल दूरसञ्चारको बोलपत्र नं एनडीसीएल/डब्लुसीएसडी/आइसीबी ०६/०७८–७९ को प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमको बोलपत्रमा अन्य प्रतिष्पर्धी कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनोट नगरी चिनियाँ कम्पनी हुवाबेलाई मात्र छनोट गरे । यो यस्तो संवेदनशील प्रणाली हो जसले नेपाल दूरसंचारको ग्राहकहरुमा वा ग्राहकहरुबाट आउने जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसहरुको ब्यहोरा सम्हाल्छ वा राख्छ । हुवाबेले ठेक्का प्रतिष्पर्धामा चीनबाट नभई सिंगापुरबाट भाग लियो । सन् २०२१ र २०२२ मा भएको बोलपत्र आव्हानमा दुवैपटक हुवाबेले चीनबाट नेपाली संस्थाको मार्फत् प्रतिष्पर्धामा भाग लिएको थियो । त्यस समय हुवाबे चीनलाई अमेरिकाले प्रतिबन्धित गरेको थियो । दुवैपटक हुवाबेलाई अयोग्य ठहर गर्न सक्ने भएकाले ठेक्का नै रद्द गरियो ।

प्रतिक्रिया