११ फाल्गुन २०८१, आइतबार | February 23, 2025

अपराधीलाई संरक्षण गर्दा देशमा जातीय सद्भाव भड्कियो : विश्लेषक रायमाझी


October 3, 2023
83
Shares

काठमाडौं, १६ असोज । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालमा कुनै किसिमले धार्मिक सहिष्णुतामाथि आँच आउने कार्य गरेमा त्यसको मुल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

गौतम बुद्ध जन्मेको पवित्र थलोमा गौहत्या जस्ता दण्डनीय अपराधहरुलाई सरकारले संरक्षण गर्न नहुने उनको तर्क छ । रायमाझीले मंगलबार एक वक्तब्य जारी गर्दै लेखेका छन्,“नेपालमा कुनै किसिमले धार्मिक सहिष्णुतामा आँच आउने कार्य गरियो भने तथाकथित प्रचण्ड र बाबुराम प्रवृत्तिका बिदेशीका खेतालाहरूले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था उत्पन्न हुन्छ ।”

“भर्खरमात्र नेपालमा बधशाला खुलेर चिनमा मासु निर्यात गर्ने सम्झौता गर्ने कुबुद्धि भएको यो आततायी सरकारले वैदिक सनातन धर्मालम्बी ॐकार परिवार माथि सधैं गिद्दे नजर राखेको छ, इसाईहरूको पैसाको बलमा ।”–रायमाझीद्धारा जारी वत्तव्यमा उल्लेख छ ।

वैदिक सनातन धर्मालम्बीहरु अहिंसा र शान्तिको बाटोमा कहिले नडगमगाउने बताउँदै उनले आफूहरुको धर्म परम्परामाथि कतैबाट हस्तक्षेप भएमा मुखदर्शक भएर रमिता हेर्न नसक्ने पनि चेतावनी दिएका छन् । गौहत्या जस्ता दण्डनीय अपराधहरुलाई संरक्षण गरेर सरकारले जातीय सद्भाव कायम गर्न नसकेको उनको टिप्पणी छ ।

लेखक समेत रहेका रायमाझीले नेपालमा पशुपंक्षीहरुको वध गर्ने परम्परा बन्द गरेर बुद्ध जन्मेको पावन भूमिबाट विश्वलाई अहिंसा मुलुकको परिचय दिनुपर्ने सुझाव दिएका छन् । उनले लेखेका छन्, “राष्ट्रको समृद्धिमा आ–आफ्नो क्षेत्रबाट योगदान गरौं, हत्या हिंसाको बाटोबाट देशले निकास नपाएको विगतका तीतो अनुभवलाई विस्मृतिमा पनि हामी राख्न चाहँदैनौ। सर्वे भवन्तु सुखिनः वसुधैव कुटुम्बकम यो बाणीलाई हामीले आत्मसात् गर्न सकौ।” रायमाझीले नेपालगन्जको घटना प्रतिनिधि पात्र मात्र भएको भन्दै यस विषयमा सरकारलाई गम्भिर हुन पनि आग्रह गरेका छन् ।

मंगलबार बिहान ओमकार परिवारले निकालेको र्यालीका क्रममा सार्बजनिक सम्पति तोडफोड, ढुंगा प्रहार र विरोध प्रदर्शन भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार १ बजेदेखि अनिश्चितकालीन कर्फु आदेश जारी गरेको छ ।

ओमकार परिवारले नेपालगन्जमा मंगलबार निकालेको र्याली

प्रतिक्रिया