१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बिमलराज क्षेत्रीको ‘मन दुखेको दशैं’ बजारमा (भिडियोसहित)


October 3, 2023
0
Shares

काठमाडौं, १६ असोज । नेपाली लोकसङ्गीतका गायक तथा सर्जक बिमलराज क्षेत्रीको दशैं गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘मन दुखेको दशैं’ बोलको दशैं गीत ‘बिमलराज क्षेत्री’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गीतमा बिमलराजको आफ्नै शब्द, सङ्गीत र उनलाई स्वरमा टिकाकुमारी क्षेत्रीले साथ दिएकी छिन् । म्युजिक भिडियोमा पनि बिमलराज आफैले अभिनय गरेका छन् ।

डेढ दशकअघि नेपाली लोकसङ्गीत उनका गीतले लोकप्रियताले शिखर छोएका थिए । क्षेत्रीका हरेक गीतले श्रोता र दर्शकको मन जितेको थियो । दुई दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षेत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोता माझ बलियो स्थान जमाउन सफल भएका थिए । पर्वत घर भएका क्षेत्रीले गीतसङ्गीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गरेका थिए ।  भिडियोको निर्देशन कुमार केसीले गरेका छन् भने गायक क्षेत्रीलगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया