१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेमा फेरि भाग्यमानी बने नवराज सिलवाल


September 30, 2023
0
Shares

काठमाडौं, १३ असोज । नेकपा एमालेमा प्रवेश गर्नु नवराज सिलवालका लागि परिस्थितिको उपज थियो । नेपाल प्रहरीको आइजीपीको दौडमा अगाडि हुँदा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले काँग्रेस सभापति शेरबहादुर देउवाको चाहना अनुसार जयबहादुर चन्दलाई नियुक्त गरेको थियो । तर, सर्वोच्च अदालतको आदेशका कारण चन्द रोकिएपछि प्रकाश अर्यालको भाग्योदय भयो ।

प्रहरी बढुवाको लफडापछि सिलवाल राजीनामा दिएर राजनीतिमा होमिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्राएपछि सिलवाल ललितपुर क्षेत्र नं १ बाट निर्वाचित भए २०७४ को चुनावमा । उनी विजयी पनि भए ।

एमालेको राजनीति सिलवाललाई फाप्यो । २०७९ को चुनाव ललितपुर १ बाटै हारेपनि पार्टी राजनीतिमा प्रभावशाली बन्दै गए । एमाले बागमतीको चुनावमा उनी १ मतले विजयी भएका छन् । हस्त पण्डितलाई १ मतले पराजित गर्दा सिलवालले ५६८ मत ल्याए ।

बागमती एमालेको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । उनी एमाले महासचिव शंकर पोखरेलनिकट मानिन्छन् ।

पछिल्लो समय एमालेमा पोखरेल प्रभावशाली बन्दै गएका छन् । उनको विष्णु पौडेल समूहसँग टकराव बढ्दै गएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीका रुपमा पोखरेल बढ्न खोजेको देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया