१ भाद्र २०८२, आइतबार | August 18, 2025

चाँगुनारायणका मेयर जीवन खत्रीद्वारा नेपाल ईन्जिनियरिङ कलेजलाई सामुदायिक बनाउने प्रतिबद्धता


September 29, 2023
4.9k
Shares

भक्तपुर, १२ असोज । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपाल ईन्जिनियरिङ कलेजमा भएको कमजोरी हटाउन सरोकारवालालाई निर्देशन दिएका छन् । नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कलेज संचालन समितिको अध्यक्ष समेत रहेका मेयर जीवन खत्रीले नेपाल ईन्जिनियरिङ कलेजलाई सामुदायिक बनाउने प्रतिबद्धता व्यक्त गरे । शैक्षिक क्षेत्रको विकास गर्दा आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको दृढता व्यक्त गरे ।

भक्तपुरका वरिष्ठ पत्रकार सुरेन्द्र बहादुर खत्री सिलवालले मेयर जीवन खत्रीले शैक्षिक क्षेत्रको विकासको लागि निरन्तर लागिरहेको बताए ।मेयर जीवन खत्रीको एक कुशल क्षमतावन चागुनारायण नगरपालिका भक्तपुरको नगरप्रमुखका रूपमा छवि अझ उठ्ने विश्वास सिलवालले व्यक्त गरे।

प्रतिक्रिया