क्रिकेटमा नेपालको ऐतिहासिक किर्तिमान

काठमाडौं, १० असोज । एशियाली खेलकुदको सबैजसो खेलमा नेपालको निराशाजनक प्रदर्शन रहँदा क्रिकेटमा इतिहासहरु बनेका छन् । चीनमा जारी एशियाली खेलकुदको क्रिकेटतर्फ मंगोलियामाथि जीत निकाल्दा नेपालले ७ वटा किर्तिमान बनाएको हो ।
नेपालले टी २० मा अहिलेसम्मकै सर्वाधिक ३१४ रन बनायो । यो नयाँ किर्तिमान हो । अहिलेसम्म टी २० मा अफगानिस्तानले २७८ र चेक रिपब्लिकले २७८ रन बनाएको इतिहास छ ।
नेपालले सर्वाधिक १५.७ रन रेट बनाएको छ नेपालले एकै खेलमा २६ छक्का हानेर अर्को किर्तिमान बनाएको छ ।
दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धसतक बनाएर किर्तिमान बनाए । उनले भारतका युवराज सिंहको १२ बलमा अर्धसतक बनाउने किर्तिमान तोडेका छन् । ऐरीले १० बलमा अविजित ५२ रन बनाएर स्ट्राइक रेट ५२० राख्न सके ।
टी २० मा २७३ रनको अन्तरले जीत निकाल्दै नेपालले अर्को किर्तिमान बनाएको छ ।