३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्धारा खाँदबारीमा शैक्षिक सामग्री वितरण


September 25, 2023
0
Shares

काठमाडौं, ७ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले संखुवासभाको श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार परिषद्ले विद्यार्थीहरुलाई भारतीय जनता र भारत सरकारको सहयोगमा प्राप्त शैक्षिक सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा प्राज्ञिकका प्रदेश अध्यक्ष प्रेम कार्की, प्रदेश सचिव पुजा ढुंगाना, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठ, क्याम्पस प्रमुख मातृका तिमिल्सिना, विद्यालयका प्राचार्य डम्बर प्रसाद बाराकोटी, विद्यार्थी परिषद्का प्रमुख कार्यकर्ता एवम् क्याम्पसका शिक्षक कर्मचारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया