१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ऋण मिनाहा नभए चीनले पोखरा विमानस्थलमा कब्जा जमाउँन सक्छ : गुरु बराल (भिडियोसहित)


September 22, 2023
0
Shares

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाबारे छलफल हुनुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण मिनाहा गराउन पहल गर्नुपर्ने उनको भनाइ छ ।  आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै बरालले यस्तो बताएका हुुन् ।

“एयरपोर्ट निर्माणपछि हामीले महँगो ब्याज तिर्नु परेको छ त्यो ऋण मिनाहा नभए एक दिन चीनले विमानस्थलमा कब्जा जमाउने दिन आउन सक्छ । हामीले पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट महँगोमा बनायौँ, अहिले चर्को ब्याज तिरिरहेका छौँ,’ उनले भने,‘प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, हामीले अभिभावकत्व लिएर प्रधानमन्त्रीलाई भन्नुपर्छ र भ्रमणमा ऋण मिनाहा गर्नेबारे पहल लिनुपर्छ ।”

कांग्रेस प्रमुख सत्तारुढ दल भएकोले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने कतव्य कांग्रेसकै भएको उनले बताए । प्रधानमन्त्री प्रचण्ड आजदेखि ८ दिने भ्रमणको लागि चीन जाँदैछन् ।

कांग्रेसको आपुर्ति तथा उपभोक्ता समिति विभाग प्रमुख समेत रहेका  बरालले कालोबजारी र भ्रष्टाचारले देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरे । कालो बजारी नियन्त्रण गर्न सरकारलाई पार्टीले चेतावनी दिनुपर्ने धारणा राखे ।

“मुलुक धेरै जरजर अवस्थामा छ। समाजमा विकृति र विसंगती धेरै छ। व्यवसायमा ठूलो मात्रामा कालोबजारी र भ्रष्टार भएको छ। हामी सहमतिको सरकारमा छौँ। सरकारमा साझेदारी गरिरहेका छौँ।” नेता बरालले भने,“आपूर्ती मन्त्रालय हामीसँगै छ, तुरुन्त हामीले सरकारलाई वार्निङ गर्न जरुरी छ तुरुन्त नियन्त्रण र अनुगमन गर भनेर ।’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया