१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शिक्षा विधयेकविरुद्ध आन्दोलित शिक्षकका कारण राजनीतिक कम्पन


September 21, 2023
0
Shares

काठमाडौं, ४ असोज । शिक्षा विधेयकविरुद्ध आन्दोलित शिक्षकका कारण राजनीतिक कम्पन आएको छ । विधेयकमा पेशागत हकहित खोसिन लागेको भन्दै शिक्षक राजधानी केन्द्रित आन्दोलनमा छन् ।

दुई दिनको आन्दोलनले राजधानीको बानेश्वर देखि माइतीघरसम्मको सडक ठप्प भयो । ट्राफिक व्यवस्थापनमा चुनौती हुँदा जामले सर्वसाधारण समस्यामा परे ।

शिक्षा विधेयकले परिवर्तनका नाममा शिक्षा क्षेत्र नयाँ संकटमा पर्ने विषय पनि उठ्न थालेको छ । सत्तापक्षकै सांसदहरु शिक्षा विधेयकप्रति असन्तुष्ट हुन थालेका छन् ।

विधेयकका कारण उठेको आन्दोलन यसरी नै बढेमा सरकार नै संकटमा पर्ने अवस्था पनि आउनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया