३ आश्विन २०८१, बिहिबार | September 19, 2024

धनगढीका मेयर गोपाल हमालले गरे दाहसंस्कार खर्चका लागि पाँच हजार दिने निर्णय


September 18, 2023
0
Shares

काठमाडौं, १ असोज । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले विपन्न परिवारको सदस्यको मृत्यु हुँदा दाहसंस्कारका लागि पाँच हजार दिने घोषणा गरेका छन् । आइतबार उनले उक्त निर्णय गरेसँगै धनगढीमा कसैले पनि मृत्यु हुँदा दाहसंस्कार गर्न पैसाको अभाव भोग्नुनपर्ने भएको छ ।

यसअघि हमालले शव बाहन निःशुल्क गर्ने निर्णय लिइसकेका छन् । उनको यो निर्णयले उपमहानगरवासी आर्थिक अभावका कारण शव घाटसम्म पुर्याउन नसक्ने अवस्था अन्त भएको छ ।

धनगढीका मेयर हमाल काम धेरै गर्ने र हल्ला नगर्ने मेयरका रुपमा परिचित छन् । उनले कल्याणकारी कदमहरु चाल्दै आएका छन् ।

धनगढी देशकै नमूना उपमहानगरपालिकाका रुपमा रहन पुगेको छ । धनगढीमा हरियाली कार्यक्रम पनि सफल देखिएको छ ।

प्रतिक्रिया