१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुवासको दाहसंस्कारलगत्तै ओलीले गरे भारतमाथि अर्को प्रहार


September 15, 2023
0
Shares

काठमाडौं, २९ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारतसँग सम्बन्ध बिग्रिएको छ । कुनैबेला महाकाली सन्धी गरेर देशलाई खरबौं दिलाउने तर्क गरेका ओलीको भारतसँगको सम्बन्ध बिग्रनुलाई त्यहाँ भारतीय जनता पार्टी सत्तामा आउनुलाई पनि लिइएको छ ।

ओलीको कँग्रेस आईसँग विशेष सम्बन्ध थियो र अहिले पनि रहेको बताइन्छ । तर, भाजपासँग उनको सम्बन्ध झन् झन् बिग्रिएको छ ।

ओलीले सुवासचन्द्र नेम्वाङको बिहिवार दाहसंस्कारलगत्तै फर्किएका ओलीले भारतविरुद्ध बोलेका छन् । उनले संविधान जारी गर्दा भारतका तत्कालीन विदेश सचिव एस जयशंकर आएपछि संविधान जारी गर्न नदिने खेल भएको विषय उठाएका छन् ।

नेम्वाङले २०७२ जेठ ३ गते संविधान जारी नभए देश देश नै सकिन्छ भनेको विषय राखे । उनले संविधान जारी गरिएको र नाकाबन्दी भोगिएको भनेका छन् । सुवासको मृत्यु लगत्तै ओलीले यो विषय उठाएर तरंग ल्याएका छन् ।

वास्तवमा भारतले किन संविधान जारी गर्नबाट रोक्न खोजेको थियो । सुवास नेम्वाङ किन आत्तिए भन्ने चासोको विषय बनेको छ । विशेषगरी ओली, नेम्वाङ, प्रचण्ड, सुशील कोइराला, कृष्ण सिटौला जस्ता हस्तीहरु धर्मनीरपेक्षसहितको संविधान जारी गर्न मरिमेटेर लागेका थिए । जुन भाजपा चाहिरहेको थिएन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया