२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

चिनियाँ राजदूत सोङसँग विवादित अभिव्यक्तिबारे सरकारले सोध्यो स्पष्टीकरण


September 12, 2023
0
Shares

काठमाडौं, २६ भाद्र । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक भाषण गरेर विवादमा परेका चिनियाँ राजदूत छन सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण सोधेको छ। परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधेको परराष्ट्र स्रोतले जनाएको छ।

परराष्ट्र स्रोतका अनुसार सोमवार अपराह्न करीब सवा चार बजे परराष्ट्र मन्त्रालय छिरेका चिनियाँ राजदूत परराष्ट्र सचिवको कार्यकक्षबाट आधा घण्टा पछि बाहिर निस्केका थिए। नाम नखुलाउने शर्तमा परराष्ट्रका एक जना उच्च अधिकारीले चिनियाँ राजदूतलाई आइन्दा नेपाल र तेस्रो मुलुकको सम्बन्ध बारे नबोल्न र कूटनीतिक मर्यादामा बसेर अभिव्यक्ति दिन निर्देशन समेत दिइएको जानकारी गराए।
परराष्ट्र मन्त्रालयमा कार्यरत एक अधिकारीले नेपालपेनलाई बताए अनुसार चिनियाँ राजदूत मन्त्रालयमा आएको, सचिव पौडेलको कोठामा छिरेको पुष्टि गरेको छन्। तर परराष्ट्रका कुनै कर्मचारीले पनि यसबारे बोल्न तैयार भएनन्। स्रोतका अनुसार चिनियाँ राजदूतले स्पष्टीकरणको कुरा कहीं कतै नआओस् भनेर परराष्ट्रका कर्मचारीहरू लाई दबाब दिएका थिए।

राजदूत सोङले नेपालको आन्तरिक मामलामा असर पर्ने गरी गत शनिबार गम्भीर अभिव्यक्ति दिएका थिए । कूटनीतिक मर्यादाविपरित अभिव्यक्ति दिएकोमा उनको आलोचना भइरहेको छ ।
सोङले नेपाल(भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति दिएको अभिव्यक्तिमा आक्रोश समेत थियो । उक्त अभिव्यक्ति नेपाल(भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउन सक्ने खालको भएपछि टिकाटिप्पणीहरु भए ।

प्रतिनिधि सभा र राष्ट्रीय सभा दुवै सदनमा चिनियाँ राजदूतको अभिव्यक्ति प्रति कडा आलोचना गर्दै सांसदहरूले राजदूतलाई फिर्ता पठाउने मांग सम्म गरेका थिए।

संसदको अन्तर्राष्ट्रीय सम्बन्ध समितिले बैठकनै डाकेर चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै उनलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। समितिका सबै सदस्यहरूले चिनियाँ राजदूतलाई आफ्नो कूटनीतिक सीमा नलाघ्न चेतावनी समेत दिएका थिए। समितिको निर्देशन पछि परराष्ट्र सचिवले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण मांग गरेका हुन्।

 

प्रतिक्रिया