भोलि सार्वजनिक बिदा

काठमाडौं, २६ भाद्र । भोलि बुधवार सार्वजनिक बिदा हुने भएको छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि गरिने भएकाले सार्वजनिक बिदा हुने भएको हो ।
सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय आज गरिसकेको छ । साथै अन्त्येष्टिको दिन बिदा पनि दिने निर्णय गरेको हो ।
नेम्वाङका दुई छोराहरु अमेरिका र अष्ट्रेलियामा छन् । उनीहरु बुधवार मात्र आइपुग्नेछन् ।
सरकारले पूर्वप्रधानमन्त्रीहरु र देशका लागि विशेष योगदान गरेकाहरुको निधनमा भने राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय लिने गरेको थियो । तर, पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको भने राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएन ।