१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चन्द्र भण्डारीको हिन्दु राष्ट्र र राजसंस्थाको पक्षको अभिव्यक्तिले तरंग


September 11, 2023
0
Shares

काठमाडौं, २५ भाद्र । आगलागीबाट ज्यान जोगिएपछि सक्रिय भएका नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले देशमा आम सहमतिको आवश्यकता औल्याउँदै हिन्दु राष्ट्रसहितको राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका हुन् ।

भण्डारीले आइतबार राजधानीमा बोल्दै भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको मुद्या लोकप्रीय छ ।’

उनले वीपी कोइरालाले राजासँग आफ्नो घाँटी जोडिएको छ भनेको विषय उदृत गर्दै देशमा सबै मिलेर जानुको विकल्प नभएको बताए ।

देशमा विदेशी पैसा ठूलो मात्रामा आइरहेको र त्यो यहाँको सामाजिक अवस्था खलबलाउन दुरुपयोग भएको उल्लेख गरे । उनले देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको जरुरी भएको औल्याए । यसका लागि खुल्ला दिमागले सोच्नुपर्नेमा जोड दिए ।

दुनियाँले मानेका नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको विरोध गर्दै हिंड्नुको औचित्य नभएको बताए ।

नेपाली काँग्रेसभित्र पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा बहस बलियो हुँदै जाँदा भण्डारीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया