१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सधै अगाडि भवानी


September 10, 2023
1.7k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवालः उनी सधै अगाडि सधै सक्रिय । त्यसैले उनलाई सदावहार भवानीको परिचय प्राप्त छ । नेपालको उद्योग व्यवसाय क्षेत्रमा उनले विशिष्ट पहिचान बनाएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणा।

उद्योग व्यवसाय क्षेत्रमा अझै पनि पुरुषको प्रभुत्व स्थापित छ । त्यस्तो साम्राज्यमा भवानी उदाइन् अनि बनिन् अध्यक्ष महासघको । उनले महासंघको अध्यक्षका रुपमा महत्वपूर्ण योगदान गरिन् । जसका कारण उनी सदास्मरणीय बनिन् ।

जस्तोसुकै कठिन मोडमा पनि नआत्तिने स्वभाव भवानीमा छ । उद्योग व्यवसाय क्षेत्र धराशायी हुँदा उनी अध्यक्ष बनेर उद्योगीव्यवसायीको हक हितमा काम गरिन् । सबैको भलो चिताउँछिन् भवानी । उनी भन्छिन् ,’सबैको उद्योग व्यवसाय फष्टाउनुपर्छ । त्यसले देशको अर्थतन्त्र उकासिन्छ ।’

एउटाको बिगारेर अर्को बन्न खोज्दा भोलि आफ्नो पनि त्यही हालत हुने उनको बुझाई छ । उनी भन्छिन् । आज अर्काको व्यवसाय बिग्रिएर आफ्नो व्यवसाय राम्रो बन्यो भनेर ढुक्क हुँदा भोलि आफ्नो हालत पनि त्यही हुन सक्छ । व्यवसायीहरु स्वार्थी हुन नहुने उनको सन्देश छ ।

देशलाई कसरी आर्थिक रुपमा फड्को दिलाउन सकिन्छ भन्नेमा भवानी चिन्तनशील छिन् । उनी समृद्ध नेपालको सपना देख्छिन् । आफ्नै जीवनकालमा समृद्ध नेपाल हेर्ने अभिलाषा प्रकट गर्छिन् । भवानी भन्छिन् ,’नेपाललाई समृद्ध बनाउने हो भने काभिडको बेला देखाएको एकता अरूबेला पनि हुनु जरुरी छ ।’ हरेक तह र तप्कामा देश बनाउने र आर्थिक रुपमा अगाडि बढ्ने उद्देश्यसँगै एकताको जरुरी देख्छिन् ।

राणाले व्यवसायीहरूको मुद्दामा सम्पूर्ण निजी क्षेत्र एक ढिक्का हुन सक्नुपर्नेमा जोड दिइन् । उनको सबैलाई मिलाउने र एकतावद्ध बनाउने सामथ्र्यले पनि उद्योगीव्यवसायीमाझ लोकप्रीयता देखिन्छ ।

उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेकी भवानी रोकिनेवाला छैनन् । उनी निरन्तर आर्थिक क्षेत्रमा सक्रिय छिन् । धेरैले उनलाई भावी अर्थमन्त्रीका रुपमा हेरिरहेका पनि छन् । नेपालको प्रथम महिला अर्थमन्त्री बन्ने सामथ्र्य राख्छिन् उनी । समन्वयकारी क्षमताले भवानीलाई सधै अगाडि बढाएको छ । उनी यसकारण पनि रोकिनेवाला छैनन् । निरन्तर बढिरहेकी छिन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया