३ आश्विन २०८१, बिहिबार | September 19, 2024

के लामखुट्टेले अरुलाई भन्दा तपाईलाई बढी टोक्छ, कारण थाहा पाउनुहोस्


September 9, 2023
0
Shares

काठमाडौं, २३ भदौ । आजकल, धेरै प्रकारका रोग र संक्रमणहरूले देश भर मानिसहरूलाई निरन्तर असर गरिरहेको छ। वर्षायाममा धेरै प्रकारका संक्रमणको जोखिम बढ्छ। यही कारणले गर्दा यो मौसमलाई रोगको मौसम पनि भनिन्छ । यसका साथै यो सिजनमा लामखुट्टेको त्रास पनि निकै बढ्छ । पछिल्ला केही दिनयता देशैभर डेंगुका बिरामी भेटिन थालेका छन् । यति मात्र होइन देशका विभिन्न भागमा यसबाट ज्यान गुमाउने गरेको छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो । समयमै उचित उपचार नपाएपछि अवस्था गम्भीर बन्दै गएको छ भने कहिलेकाहीँ मानिसले ज्यानसमेत गुमाउनुपरेको छ । यस्तो अवस्थामा यो मौसममा लामखुट्टेबाट सकेसम्म सुरक्षित रहनु जरुरी छ तर तपाईले प्रायः देख्नु भएको होला कि कतिपय मानिसलाई लामखुट्टेले सबैभन्दा बढी टोकेको हुन्छ । लामखुट्टेले कसै–कसैलाई बढी टोक्ने कारण धेरै छन्।

जान्नुहोस् ती कारणहरू–

यी कारणले गर्दा लामखुट्टेले कतिपय मानिसलाई बढी टोक्ने गर्छ ।

धेरै अनुसन्धानले पत्ता लगाएको छ कि लामखुट्टेले एउटै ब्लड ग्रुपका मानिसलाई सबैभन्दा बढी टोक्छ। यी रिपोर्टलाई विश्वास गर्ने हो भने ‘ओ’ ब्लड ग्रुप भएका मानिसलाई लामखुट्टेले बढी आकर्षित गर्छ र उनीहरूलाई बढी टोक्छ ।

तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ तर केही अध्ययनले यो पनि खुलासा गरेको छ  जब मानिसले धेरै बियर पिउछ, लामखुट्टेले उसलाई बढी टोक्छ । तर, यस विषयमा अनुसन्धान भने जारी नै छ ।

शारीरिक रूपमा कडा परिश्रम गर्ने र पसिना बगाउनेहरूलाई पनि लामखुट्टेले बढी टोक्छ।

वास्तवमा, पसिनामा ल्याक्टिक एसिड, यूरिक एसिड, अमोनिया आदि पाइन्छ, जसका कारण लामखुट्टेहरू तिनीहरूतर्फ आकर्षित हुने गरेको धेरै रिपोर्टहरूमा यो प्रकाशमा आएको छ।

लामखुट्टेले गर्भवती महिलालाई पनि बढी टोक्छ । वास्तवमा, एक अध्ययन अनुसार, गर्भवती महिलाहरूले अन्य मानिसहरूको तुलनामा द्दण् प्रतिशत बढी कार्बन डाइअक्साइड छोड्छन्, जसका कारण उनीहरूलाई लामखुट्टेले बढी टोक्छ।

प्रतिक्रिया