‘गृहमन्त्रीबाट हटाइए नारायणकाजीले मिडियामा आएर सबैको पोल खोल्नुपर्छ’ : दीक्षित
काठमाडौं, १९ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।
चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्तिबारे अन्नपूर्ण पोष्टले समाचार लेखेको थियो । सोबारे दीक्षितले परराष्ट्रमन्त्री एनपी साउदले तत्काल चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् ।
आजको अन्नपूर्ण पोष्टमा ‘चिनियाँ राजदूतद्वारा गैरकूटनीतिक अभिव्यक्ति’ शीर्षकको समाचार प्रकाशित भएको छ । जसमा भनिएको छ–‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात ग¥यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात ग¥यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?–चिनियाँ राजदूत सोङले प्रश्न गरे।’
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दीक्षितले यस्तो माग गरेका हुन् । उनले भने–‘चिनियाँ राजदूतको कुरा जुन उठाउनुभयो, यो कुरा मैले भर्खरै थाहा पाएँ । मिडियामा कतै आएको पनि थिएन । अन्नपूर्ण पोष्टले मात्रै यो कुरा दिएको रहेछ । यस्तो कुरा चिनियाँ राजदूतले भन्नु त यो त गैरजिम्मेवारीपूर्ण कुरा हो । यो त हाम्रो भारतसँगको सम्बन्ध नै खत्तम गर्नेजस्तो कुरो आयो । हामी कुनैपनि छिमेकीसँग सम्बन्ध खराब गर्न सक्दैनौं । यो याद गर्नुहोला । हाम्रो चीन र भारत यी दुई जुन छिमेकी छन्, यी दुवैसँग हामीले सम्बन्ध खराब गर्न सक्दैनौं । तर, याद गर्नुहोला–भारतसँग हाम्रो ओपन बोर्डर छ । ओपन बोर्डर भन्नेबित्तिकै विशेष सम्बन्ध हुन्छ । यो आजमात्रै होईन, सयकडौं वर्षदेखि विशेष सम्बन्ध छ । ओपन बोर्डर भएको नाताबाट । आज चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो । यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस भनेर भन्नुपर्छ । यो उहाँले तत्�
