१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शक्तिशाली नेताका छोराहरु धमाधम जेलतिर


September 5, 2023
0
Shares

काठमाडौं, १९ भाद्र । देशमा शक्तिशाली नेताहरुले आफ्ना परिवारका सदस्यहरुलाई विचौलिया बनाई अर्थोपार्जनमा लगाएको खुल्न थालेको छ । आफू शक्तिमा रहँदा उनीहरुले छोराछोरी, भाइभतिजा र नातागोतालाई गैरकानूनी ढंगबाट अर्थोपार्जनमा लगाएको खुलेको हो ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्जीव रायमाझी बाबुसँगै जेलमा छन् । उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्थोपार्जन गरेको अभियोग छ ।
हालैमात्र अर्का पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराका छोरा राहुल महरा सुनकाण्डमा जेल परेका छन् । उनीमाथि भेपमा लुकाएर ल्याएको सुनकाण्डमा संलग्न रहेको आरोप छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा पनि मुछिएका छन् । रोचक त यो छ कि सबैभन्दा बढी माओवादी र पूर्वमाओवादीका छोराहरु गैरकानूनी धन्दामा लागेको भेटिएको छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दीपेश पुन पनि पक्राउ पर्नसक्ने निश्चितप्रायः भएको छ । उनीमाथि पनि सुनकाण्ड लागेको छ । सीआइबीले पुनलाई निगरानीमा राखिसकेको छ ।

विभिन्न राजनीतिक नियुक्तिमा देउवाका छोरा जयवीर देउवा पनि मुछिएका छन् । उनको आँखा पछिल्लो समय टेलिकम क्षेत्रको विभिन्न ठेक्कामा परेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया