१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विपन्न बिरामीको जीवनको रक्षामा अनिता


September 4, 2023
249
Shares

काठमाडौं, १८ भदौ । पछिल्लो समय रोजगारीको अवसर खोज्दै युवा जनशक्ति बिदेशिने क्रम जारी छ । देश छाड्न रहर नभई बाध्यताले विदेश पुगेका नेपालीहरुले आफ्नो देशप्रतिको माया विभिन्न माध्यमबाट देखाउने गर्छन् ।

एउटा नेपालीलाई दुख्दा जहाँ भएपनि अर्का नेपालीलाई दुख्नुपर्छ भन्छिन्, गोर्खा घर भई हाल साइप्रस बस्दै आएकी अनिता गोतामे भट्टराई । उनी ६ वर्ष अघि रोजगारीको सिलसिलामा साइप्रस पुगेकी हुन् । विदेशी भूमिमा आफुले रगत पसिना बगाएपनि नेपालीको दुख देख्न नसकेकै कारण सक्दो सहयोग गर्दै आएको सुनाइन् ।

विदेशमा रहेर पनि नेपालीको सुख दुःखमा साथ दिँदै आएकोले उनी सामाजिक सञ्जालमा पनि लोकप्रिय छिन् । भट्टराईले गरेको सामाजिक सेवाकै कारण जो कसैले पनि उनलाई आफ्नो समस्या सुनाउने गर्छन् । “कसैको समस्या सुनेपछि चुप लागेर बस्नै सक्दिन् कतै न कतै गुहार्न मन लागिहाल्छ ।”–उनले भनिन्,“आफ्नो पहलले थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुशी लाग्छ ।” जीवनभर आफुले काम गर्न सक्दासम्म समाजसेवा गरिरहने उनको इन्छा छ । उनी २०१८ देखि समाजसेवामा सक्रिय छिन् ।

पछिल्लो समय पनि उनले गोरखा भिमसेन थापा गाउँपालिका ६ अस्राङ निवासी  कासिनाथ भट्ट र गिता भट्टको २६ वर्षीय छोरा पिटर भट्टको उपचारका लागि पनि आर्थिक संकलनका लागि “पिटर भट्ट बचाऊ“ नै चलाएकी छिन् । पिटरको नयाँ दिल्ली स्थित रााजिब गान्धी क्यान्सर तथा रिसर्च हस्पिटल,रोहिणी, दिल्लीमा उपचार भइरहेको छ । उनको उपचारको लागि अभियानमार्फत ३० लाख रुपैयाँ बढी रकम जम्मा भएको भट्टराईले सुनाइन् । अनिताले कैयौं पटक अभियान चलाएर विपन्न व्यक्तिहरुको लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन् ।

राजिब गान्धी अस्पतालमा उपचाररत पिटर भट्ट

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया