१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रानीबारी महिला समाज र महिला जागरण समुहले संयुक्तरुपमा मनायो ‘तीज विशेष कार्यक्रम’


September 4, 2023
83
Shares

काठमाडौं, १८ भदौ । रानीबारी महिला समाज र महिला जागरण महिला समुहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ १६ गते (शनिबार) दुई समुहले संयुक्तरुपमा लाजिम्पाटस्थित सम्पदा गार्डेन होटलमा तीज विशेष कार्यक्रमको आयोजना गरेका हुन् ।

महिला समुह र टोलको सबै महिलाहरुलाई समेट्ने तथा आपसमा भेटघाट गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको महिला जागरण महिला समुहकी सचिव रमिला बस्नेतले बताउनुभयो । ११ बजे बाट सुरु भएको कार्यक्रम बेलुका ५ बजे समापन गरिएको थियो। कार्यक्रमले मनोरञ्जन मात्र प्रदान नगरी रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण, सम्बन्ध गर्नुको साथै महिलाहरूले पनि केहि न केहि गरेर रोजगारीको सिर्जना गरि आर्थिक विकासमा केही टेवा पुर्याउनुपर्छ भन्ने सन्देशका साथ तिज कार्यक्रम आयोजना गरिएको बस्नेतको भनाइ छ ।

तीज पर्वले धार्मिक, सामाजिक, बैज्ञानिक विशेषता तथा महत्व बोकेको छ । हाम्रो धर्म संस्कृतिको संरक्षण सम्बर्धन गर्ने उद्देश्यसहित महिला विशेष तिज कार्यक्रमको आयोजना गरेको संस्थाले जनाएको छ । पुरुषहरु बाहिरको काम मात्र गर्ने र महिलाहरुले कार्यालयसहित घरको काम गर्न पर्ने बाध्यता रहेको भन्दै महिलाहरुलाई एकदिन भएपनि रमाउने वातावरण सिर्जना गरेको बस्नेतले सुनाइन् । फुर्सदको समयलाई सदुपयोग गर्दै नारीले पनि आफै कमाउनु पर्छ भन्ने हेतुले रानीबारीका महिलाहरूले आगामी दिनमा आफ्नो सिप, स्थानीय स्रोत र साधन प्रयोग गरी उत्पादन गरेका बस्तुहरुको स्टल पनि राख्ने योजना रहेको छ ।

कार्यक्रममा टोलका धेरै महिलाहरुको सहभागिता रहनुको साथै वडा नं ३ को वडा सदस्य सिता थापा र काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलकी धर्मपत्नी एवं नेविसंघकी नेत्रृ एन्जीला न्यौपानेसहितको समेत सहभागीता रहेको थियो ।  कार्यक्रम धेरै भब्य र सब्य रुपमा सम्पन्न भएको बस्नेतले जानकारी दिइन् ।

तिज पर्वले परापूर्वकाल देखिनै नारिकहरूका हकहितमा सन्देश दिदैं आएको छ ।

योब्रत भगवान् शिवजीको हो । यसमा नारी र पुरुष दुवै मिलेर ब्रत बस्नुपर्छ भनेर शास्त्रमा भनिएको छ । तिजको ब्रत बस्नाले घरमा सुःख,शान्ति, सम्बृद्धि, उन्नती, प्रगति,पतिको लामो आयु र स्वयमं आफ्नो पनि दिर्घ आयुको कामना गर्दै यो ब्रत बसिन्छ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया