१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालेनले किन गरे चीन भ्रमण रद्द


August 31, 2023
0
Shares

काठमाडौं,१४ भदौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह चीन भ्रमण नजाने भएका छन् । चीनको निमन्त्रणमा ५ दिने भ्रमण जाने तयारीमा रहेका बालेन चीनले जारी गरेको नक्सामा असन्तुष्टि जनाउँदै नजाने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै बालेनले लेखेका छन्,“आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।” नेपाली भुभागलाई नेपालसँग सल्लाह नगरी भारतको देखाउनु गलत कदम भएको ठहर गर्दै उनले लेखेका छन्,“नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।”

नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको स्मरण गराउँदै केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको भन्दै उनले आपत्ति जनाएकाछन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्,’हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया