२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चन्द्रयान-३ लाई कस्तो छ


August 30, 2023
83
Shares

एजेन्सी, १३ भाद्र । भारतले २३ अगष्टमा सफल अवतरण गरेको चन्द्रयान-३ को पछिल्लो तस्बिर सार्वजनिक भएको छ । भारतको अन्तरीक्ष अध्ययन केन्द्र इसरोले तस्बिर सार्वजनिक गरेको हो ।

श्यामश्वेत तस्बिरमा चन्द्रयान ३ अवतरण गरेकै स्थानमा यथावत् छ । यानको तस्बिर रोवर प्रग्यानले खिचेको उल्लेख छ ।

चन्द्रयान-३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर इतिहास बनाएको छ । त्यहाँ पानीको सम्भावना देखिएको छ । यानले उक्त क्षेत्रको गहिरो अध्ययन गरिरहेको इसरोले जनाएको छ ।

प्रतिक्रिया