१२ श्रावण २०८१, शनिबार | July 27, 2024

म्याग्दीको दानाचुवाका विस्थापित २० परिवारलाई सांसद विमला गौचनको पहलमा राहत सामाग्री वितरण


August 29, 2023
0
Shares

म्याग्दी, १२ भाद्र । अन्नपूर्ण गाउँपालिकाको दानाचुवामा पहिरोबाट विस्थापित घरपरिवारलाई सांसद विमला गौचनको पहलमा राहत वितरण गरिएको छ । मंगलवार विहान विस्थापित २० घरपरिवारलाई राहत वितरण गरिएको हो ।

राहत वितरणमा नेपाली काँग्रेसका नेता नेत्र महत, पूर्वजिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्की, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कृष्ण बरुवाल समेत उपस्थित थिए । खाद्यान्नलगायत अत्यावश्यक सामाग्री पीडित परिवारलाई वितरण गरिएको हो ।

सांसद गौचनले प्रदेश सरकारबाट पनि विस्थापितलाई थप राहतको पहल गर्ने बताइन् । उनले पहिरोले क्षतिग्रस्त सडक निर्माणका लागि अबिलम्ब काम थाल्न पहलका लागि पुग्ने समेत बताइन् ।

केही दिनअघि अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ को दानाचुवामा पहिरो जाँदा २० घरपरिवार विस्थापित भएका थिए । उनीहरु वडा कार्यालय र सशस्त्र प्रहरीले तयार पारेको अस्थायी टेन्टमा बस्दै आएका छन् ।

सांसद विमला गौचनसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया