३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हिन्दूवादीको प्रश्नः गैरकानूनी रुपमा गोरु काटेर भोज गर्नेलाई कारबाही नगर्ने शान्तिपूर्ण विरोधमाथि रोक लगाउने ?


August 26, 2023
0
Shares

काठमाडौं, ९ भाद्र । धरानमा शान्तिपूर्ण विरोध प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले मध्यरातबाट निषेधाज्ञा जारी गरेको छ । कानूनविपरित गोरु काटेर भोज गर्नेविरुद्ध कारबाहीको माग गर्दै शनिवार प्रदर्शन तय छ । तर, प्रशासनले हिंसा मच्चिनसक्ने खतरा देखेर निषेधाज्ञा जारी गरेपछि हिन्दूवादी संघसंगठन असन्तुष्ट बनेका छन् ।

विश्व हिन्दू परिषद्का राष्ट्रिय संगठन सचिव प्रल्हाद रेग्मीले कानून गैरकानूनी रुपमा गौहत्या गर्नेलाई कारबाहीका लागि प्रयोग हुनुपर्नेमा त्यसको विरोध गर्नेविरुद्ध नै प्रयोग भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले गौहत्या गर्नेको मनोबल बढाउन खोजिएको टिप्पणी गरेका छन् ।

हिन्दूवादी संघसंस्थाले शनिवार गर्ने भनिएको प्रदर्शन गरिछाड्ने दृढता व्यक्त गरेका छन् । कतिपयले जस्तोसुकै खतरा मोल्न तयार भएको प्रतिक्रिया दिएका छन् ।
हिन्दू धर्मसम्बन्धी गतिविधिमा सक्रिय रमा सिंहले आफूहरु संयम भएको बताइन् । उनले हिन्दूहरुको संयमता र उदारतालाई कमजोर ठाने प्रतिकारमा उत्रने चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया