२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सबै काण्ड सामसुम


August 24, 2023
0
Shares

काठमाडौं, ७ भाद्र । भ्रष्टाचार र अपराधका ठूला ठूला काण्ड खोतल्दै जाँदा सरकारले लोकप्रीयता हासिल गरेको थियो । देशमा पहुँच र प्रभाव बनाएका धेरै व्यक्ति पक्राउ पनि परेका थिए । तर, लहरो तान्दा पहरो गर्जिएपछि घटनाहरु सामसुम पार्न थालिएको छ ।

सुन काण्डमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति पछि एमालेले संसद चल्न दिएको छ । तर, यो काण्डमा प्रभावशाली नेताहरुलाई बचाउने चलखेल भइसकेको छ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने खेल भइसकेको छ । चन्द्रदेव जोशी जस्ता पदमा मात्र बसेका तर केही नपाएकाहरुमाथि मुद्या दर्ता हुने भएको छ ।

संसद चलेपछि संसदीय समितिको निर्वाचन पनि हुने भएको छ । समितिको चुनाव गर्ने गरी नेताहरुले भित्री सहमति बनाएका छन् । लामो समयसम्म संसदीय समितको चुनाव हुन सकेको थिएन ।

सबै कुरा सामसुम पारेर अहिले मुख्य दलका शीर्ष नेताले सहमतिको राजनीतिको सिन्डिकेट पुनः सुचारु गरेका छन् । अब देश फेरि केही नेताको सहमतिको राजनीतिका नाममा चल्ने देखिएको छ ।-File Photo

प्रतिक्रिया