३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विश्वभरि हिन्दु सनातनीहरूको पुनरोदय


August 23, 2023
0
Shares
भीम उपाध्याय: अनादिकालदेखिको सनातनी हिन्दु भारतमा ईसाई अंग्रेज शासक आएर ८०० वर्षसम्म हिन्दुमाथि शासन गरेका, बाहिरबाट आएका ईस्लामिक मुसलमान मुगल राजाहरूलाई खेदे, यसमा नेपालका राणाहरूको सहयोग रह्यो।
१५० वर्षे शासक अंग्रेजलाई महात्मा गान्धीको नेतृत्वमा खेदेर भारतलाई स्वतन्त्र एवं गणतन्त्र राज्य बनाए। नेहरूले भारतलाई धर्मनिरपेक्ष मुलुक बनाए।
कॉग्रेस र कम्युनिष्ट मिलेर भारतमा पुनः सनातनी हिन्दुहरूलाई संकुचित राजनीतिक स्वार्थका लागि अपमान गर्दै धर्मको नाममा ईसाई र मुसलमानहरूलाई उचाल्दै ७ दशकसम्म खुब दुरूपयोग गरे।
भारतमा बिजेपी र सनातनी योगी प्रधानमन्त्री मोदीको उदयपछि अहिले कॉग्रेस र कम्युनिष्टलाई सोत्तर पार्दै २ कार्यकाल अत्यधिक बहुमतको अकंटक शासनका गर्दै भारत लगायत विश्वभरि हिन्दु सनातनीहरूको पुनरोदय हुदै गएको छ।
भारतको संविधानमा औपचारिक नाम ईण्डिया हो। यो अंग्रेजले राखेको नाम फेरेर भारत गर्नेुपर्ने मागले ब्यापकता लिदै गएको छ। ८०० वर्षको ईस्लामिक शासक कालमा मन्दिर अतिक्रमण गरेर बनाइएका मस्जिदहरू पूर्ववत पुनर्स्थापन गरिदैछन्। अंग्रेजी र ईस्लामिक शासकको नामाकरण गरिएका शहर र सडकहरू हिन्दु नाममा पुनर्स्थापित गरिदै गएका छन्। कतिपय अखण्ड भारत भनिरहेका छन्।
अहिले करिब ११ राष्ट्रमा भारतीय मूलका राष्ट्रपति वा प्रधानमन्त्री छन्। मन्त्री, उपराष्ट्रपति र कैयन मल्टिनेशनल ठूला कम्पनीहरूका सिईओ हिन्दु सनातनी छन्। तिनीहरूले मोदीलाई भेट्दा खुट्टा छुन्छन्, विश्वमा जहॉ पुगेका भए पनि यति सम्मान गर्छन् सनातनीहरू आफ्नो मान्यजनहरूलाई।
नेपालमा हिन्दु सनातनीबाहेक अरूले धर्मले शासन गरेनन् तर अहिले बिकाउ नेपालीहरू ८१% जनसंख्या रहेको सनातनी हिन्दु मासेर पराया परचक्रीको पाउ मोल्दै रिझाउन खोजिरहेका छन्, हिन्दु समाजमाथि दमन र अपमान गर्ने चेष्टा गरिरहेका छन्। हालको राज्य ब्यवस्था हिन्दु मूल्य मान्यता, श्रद्धा विद्वेषी हुदै, धर्म निरपेक्षताको नाममा हिन्दुको बिरोध गर्ने, तिनलाई अपमानित गर्ने र त्यस्तालाई संरक्षण गर्ने गरिदै आएको छ।
हिन्दुबाट सानो अन्जानमा कतै त्रुटी भएमा जातीय,धार्मिक, सामाजिक विभेद भन्दै त्यसबिरूद्ध अधर्मी धर्मच्यूत डलरे स्यालहरू जुटेर सडक तताउने, कानुन हातमा लिने, पुलिस कार्यालयमै पुगेर ढुंगामूढा गर्ने र त्यस्ताको हौसला बढाउन कथित ठूला पढेलेखेका भनिएका प्रम, मन्त्री भइसकेका, विद्वानहरूले समेत जातियता धर्म र संप्रदायका नाममा बक्तव्यबाजी गर्ने तर हिन्दुमाथि समाजमा अपमान गर्दा चुँ नबोल्नेहरूको जगजगी देखिदैछ। परचक्री डलरेहरूको मनोबल बढाउने राज्य प्रणाली स्थापित भएको छ। गणतन्त्र, संघीयता र धर्मनिरपक्षेताका लागि यो खतरनाक संकेत हो। समाजमा सबैलाई समभावले हेर्न नसक्ने राजनीतिले संकट निम्त्याउने निश्चित छ।
दण्डहीनता कुनै हालतमा रोकिनुपर्छ, कानुनको अक्षरशः राज हुनुपर्छ। कानुन र सरकारी निकायलाई स्वतन्त्र ढंगमा, कानुन बमोजिम ब्यावसायिक जिम्मवारीपूर्वक काम गर्ने अनुकूलता निर्माण गरिदिनुपर्छ। समाजमा काखापाखा गर्ने शासन ब्यवस्था र शासकको आयु लामो हुदैन।
नेपाल जनसंख्या र भूगोलका दृष्टिले सानो देश हैन, भारत र चीनको बीचमा परेर मात्र सानो देखिएको हो। ठूलो देश हॉक्न ठूलो मन र क्षमता चाहिन्छ। भ्रष्ट, राष्ट्रविद्वैषी, आफ्नो इतिहास, गौरव र सास्कृतिक धार्मिक आध्यात्मिक मूल्य मान्यबाट च्यूत हुदै गएर आत्म विश्वास गुमाउदै बनेको कमजोर र अनुदार मनका कारण नेपाल अहिले विश्व शक्तिहरूको रणमैदान बन्दै गएको छ। मूल मुद्दा बिकास, रोजगारी, सुशासन, सामाजिक सद्भाव, शिक्षा स्वास्थ्य क्षेत्र ओझेलमा पर्दै गएको छ। सनातनी हिन्दुहरू असुरक्षित र अपमानित महसुस गर्दै जॉदा यिनले जे सुकै निर्णय लिन पनि सक्छन्, तसर्थ भित्तामा पुर्याउन नखोजियोस्। नेपालको आत्मा सनातनी हिन्दु हो, अरू सबै नाराहरू राजनीतिक दाउपेच मात्र हुन्। जसरी भारतमा ७ दशकसम्म कॉग्रेस र कम्युनिष्ट शासकले खेल्दै आएका छन्। तिनकै बलमा पनि नेपालमा पनि वर्तमान ब्यवस्था स्थापना भएको थियो। तर अहिले भारतमा सनातनी हिन्दुको लहर छ र शासकहरू सोही अनुकूल छन्।
नेपालमा चैँ ठिक उल्टो छ, ८१% जनता सनातनी छन् तर शासक र ब्यवस्था सनातनीबिरोधी, जस्तो भारतमा मोदीअघिका शासक थिए। शासन ब्यवस्था, शासक र जनताबीच (सिंक) सामन्जस्य नहुदासम्म शान्ति, अमनचयन, सद्भाव, बिकास असंभव हुन्छ।-भीम उपाध्यायको सामाजिक सञ्जालबाट

प्रतिक्रिया