५ माघ २०८१, शनिबार | January 19, 2025

यसकारण हुनसक्छ अफ्रिकामा पश्चिमा र रुसबीच युद्ध


August 22, 2023
0
Shares

एजेन्सी, ५ भाद्र । यतिबेला पश्चिम अफ्रिकामा युद्धको कालो बादल बडारिएको छ । सैनिक कू बाट निर्वाचित राष्ट्रपति अपदस्थ गरिएको नाइजरमाथि पश्चिम अफ्रिकी देशहरुको संस्था इकोवासले आक्रमणको तयारी गरेको छ । तर, नाइजरको सैनिक शासक पछि हट्न तयार छैनन् । युद्ध लड्ने चेतावनी दिइरहेका छन् ।

अफ्रिकामा युद्धको खतरा बढिरहँदा रुसी निजी सैनिक कम्पनी वागनरका प्रमुख इभगेनी प्रिगोजिन दुई महिनापछि सार्वजनिक भएका छन् । उनी अफ्रिकामा रहेको पुष्टि हुनेगरी भिडियो सन्देश आएको छ ।

भिडियोमा उनले रुसीलाई अझ महान बनाउने र अफ्रिकालाई अझ मुक्त बनाउने बताएका छन् । यो भनाई अर्थपूर्ण छ ।

अफ्रिकामा सैनिक कू भइरहेका देशहरुमा वागनरको प्रभाव देखिएको छ । नाइजरमा पनि वागनर पुग्ने सम्भावना देखिएको छ ।

अब नाइजरमा युद्ध भएमा सिधा पश्चिमा देश र रुसबीच छद्म युद्ध हुने देखिएको छ । यसले पूर्वी यूरोपमा चलिरहेको रुस र युक्रेनबीचको युद्ध फैलन खतरा बढेको छ । युद्ध फैलिएमा स्थिति झन् खतरनाक हुनसक्छ ।-Photo Source: Social Network

प्रतिक्रिया