१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देउवालाई थमथमाउन प्रचण्डले गरे प्रहरीमा व्यापक सरुवा


August 21, 2023
0
Shares

काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता राजनीतिमा देखिएको गतिरोध अन्त गर्न लेनदेन भएको छ । दुवै नेता बसेर गृह मन्त्रालय अन्तर्गतका निकायका अधिकारीहरुको सरुवा गरेर गतिरोध अन्त गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार देउवाले प्रचण्डलाई गृहमन्त्री नै परिवर्तन गर्न दबाब दिएका थिए । तर, प्रचण्डले अस्वीकार गरी नेपाल प्रहरीमा हेरफेर गर्न सकिने भनेपछि सरुवाहरु भएको छ ।

एआइजीहरुको सरुवा देउवाको चाहना अनुसार भएको छ । उपत्यका प्रहरीमा श्यामलाल ज्ञवालीलाई सरुवा गरेर दिपक थापालाई ल्याइएको छ ।

अपराध अनुसन्धानमा पनि सोमेन्द्रसिंह राठौरलाई ल्याउने सहमति बनाइएको छ । यो देउवाकै चाहना अनुसार भएको छ ।

सीआइबीको छानबिनमा पनि अंकुश लाउने गरी देउवाले प्रचण्डमाथि दबाब बढाएका छन् । यसकारण केही अनुसन्धानहरु स्थगित गरिएका छन् । यसरी प्रहरीमा व्यापक हस्तक्षेप भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया