२२ पुस २०८१, सोमबार | January 7, 2025

स्पेनले जित्यो महिला विश्वकप फुटबल


August 20, 2023
0
Shares

एजेन्सी, ३ भाद्र । स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । इंग्ल्यान्डमाथि १-० को जित निकाल्दै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।

स्पेनका लागि ओल्का कार्मोनाले २९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा स्पेनले बल नियन्त्रणमा राख्दै इंग्ल्यान्डलाई सुरु देखि नै दबाबमा राखेको थियो ।
इंग्ल्यान्डले पनि काउन्टर आक्रमण गरिह्यो । उसले पहिलो हाफमा गोल गर्ने अवसर चुकायो । बल बारमा लागेर फर्कियो ।

दोस्रो हाफमा स्पेनकी जेनिफर हर्मोसोको पेनाल्टी प्रहार इंग्ल्यान्डकी गोरक्षकले समातिन् । त्यसपछि इंग्ल्यान्डले गोलको प्रयास गरेपनि असफल भयो ।

विश्वकप फुटबलमा स्पेन र इंग्ल्यान्ड दुवै पहिलोपटक फाइनलमा पुगेका हुन् । यसपटकको विश्वकपमा फुटबल शक्ति मानिएका अमेरिका, जापान, स्वीडेन, नर्वे, जर्मनी, ब्राजिल जस्ता देशहरु फाइनलमा पुग्न सकेनन् ।

प्रतिक्रिया