४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने रुसी प्रयास विफल, भारतको यान अवतरणको दिशातर्फ


August 20, 2023
0
Shares

एजेन्सी, ३ भाद्र । चन्द्रमाको दक्षिणी ध्रुवमा यानको सफल अवतरण गराउने रुसी प्रयास विफल भएको छ । सोमवार रुसी यान अवतरण गर्ने तयारीमा रहँदा सम्पर्कविहिन भएको छ ।

रुसी यान चन्द्रमाको शतहमा खसेर दुर्घटना भएको जनाइएको छ । रुसी अन्तरीक्ष अध्ययन केन्द्र रोस्मोकोसले लुना २५ यान अनियन्त्रित भई दुर्घटनामा परेको जनाएको छ । सोभियत संघको विघटनपछि रुसले पहिलोपटक चन्द्रमामा यान पठाएको हो ।

रुसी यान भारतको चन्द्रयान ३ भन्दा दुई दिन पहिला अवतरण गर्ने तयारीमा थियो । अब भारत चन्द्रमामा सफल अवतरणको प्रयासमा छ । भारतको यान बुधवार साँझ सफल अवतरण गर्ने योजनामा बढिरहेको छ ।

सफल अवतरण गरे भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गर्ने पहिलो देश बन्नेछ । चन्दमामा सोभियत संघ, अमेरिका र चीनपछि यान अवतरण गराउने भारत चौंथो देश बन्नेछ ।

दक्षिणी ध्रुवमा पानीको सम्भावना देखिएको छ । त्यहाँ जीवनको सम्भावना देखेर भारत र रुसले चासो देखाएका हुन् ।

प्रतिक्रिया