१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चन्द्रमाको दक्षिणी ध्रुवमा भारत र रुसमध्ये कस्को यान पहिला पुग्ला ?


August 20, 2023
0
Shares

एजेन्सी, ३ भाद्र । चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने प्रतिष्पर्धामा भारत र रुस छन् यतिबेला । दुवै देशको यान चन्द्रमामा अवतरणको तयारीमा छन् ।

रुसी यान सोमवार चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने तयारीमा छ । भारतको यान भने बुधवार अवतरण गर्ने तयारीमा छ । तर, घटनामा केही फेरबदल हुनसक्छ ।

रुसी यानमा केही समस्याहरु आएको जनाइएको छ । रुसी अन्तरीक्ष अध्ययन केन्द्र रस्मोकोसले सञ्चारमाध्यमलाई लुना २५ यानमा केही समस्या आएको जानकारी दिएको छ । यसले चन्द्रमामा अवतरण गर्ने समयमा तलमाथि पर्ने नपर्नेबारे केही खुलाइएको छैन ।

भारतको चन्द्रयान ३ भने सही अवस्थामा छ । भारतीय सञ्चारमाध्यमले यानले पठाएका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् । चन्द्रमालाई घुमिरहेको यान विस्तारै नजिकिदै गइरहेको छ । बुधवार चन्द्रमातर्फका सिधा यात्रा सुरु हुनेछ । यान चन्द्रमाको सतहमा पुग्नेछ ।

सन् २०१९ मा चन्द्रयान ३ को अवतरण असफल भएको थियो । तर, भारतले चन्द्रमाको उद्देश्यलाई छाडेन ।

चन्द्रमामा पहिलो यान तत्कालिन सोभियत संघले पठाएको थियो । त्यसपछि अमेरिकाले पठायो । चीनले पनि यान पठाइसकेको छ । चन्द्रमामा यानको सफल अवतरण गर्ने चौंथो देश बन्ने दौडमा भारत छ ।

दक्षिणी ध्रुवमा भने अहिलेसम्म कुनैपनि देशको यान अवतरण गरेको छैन । भारत या रुसमध्ये जो सफल हुन्छ उही पहिलो देश बन्नेछ । यसकारण पनि चन्द्रमामा पुग्न बलिया देशहरुको प्रतिष्पर्धा चलिरहेको छ ।

दक्षिणी ध्रुवमा पानीको सम्भावना देखिएको छ । त्यहाँ जीवनको सम्भावना देखेर भारत र रुसले चासो देखाएका हुन् ।-Photo Source: NASA/Chandrayan

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया