२ माघ २०८१, बुधबार | January 15, 2025

युरेनियम बन्यो नाइजरको अफिशाप, मडारियो युद्धको कालो बादल


August 20, 2023
0
Shares

एजेन्सी, ३ भदौ । नाइजर युरेनियम सबैभन्दा बढी उत्पादन गर्ने मुलकमा सातौं स्थानमा पर्छ । विश्वकै महङ्गो धातुमध्येको युरेनियम आणविक ऊर्जा उत्पादनमा प्रयोग हुन्छ । क्यान्सरको उपचारमा पनि यसको प्रयोग हुने भएकाले निकै महङ्गो पर्छ ।

अफ्रिकामा उत्पादन हुनेमध्ये नाइजरको युरेनियम उच्च गुणस्तरको छ । सन् २०२२ मा नाइजरले २०२० मेट्रिक टन युरेनियमको कच्चा पद्धार्थ उत्पादन गरेको छ ।
नाइजरको मुख्य खानीमध्ये फ्रान्सको राज्य नियन्त्रित कम्पनी ओरानोले संचालन गरिरहेको छ ।

नाइजरकै राज्य नियन्त्रित कम्पनीले पनि युरेनियम उत्पादन गरिरहेको छ । स्पेनको राज्य नियन्त्रित कम्पनी पनि नाइजरको युरेनियम उत्पादनमा संलग्न छ ।

नाइजरको महत्वपूर्ण स्रोतमाथि कब्जा जमाउन शक्तिराष्ट्रबीच प्रतिष्पर्धा छ । युरेनियम खानी भएपनि नाइजरमा गरिबी छ । द्वन्द्वको अखडा बन्दै आएको छ । कारण हो शक्तिराष्ट्रको चलखेल ।

नाइजरमा निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक कू बाट अपदस्थ गरिएको छ । उनी फ्रान्सलगायत पश्चिमा देशको साथ पाइरहेका नेता हुन् । तर, त्यहाँको सेनाको दूरी बढेको छ पश्चिमा शक्तिसँग ।

नाइजरमा १५०० जति फ्रान्सका सैनिक छन् । तर, त्यहाँको सैनिक शासक उनीहरुलाई त्यहाँबाट हटाउन चाहन्छन् । नाइजरको सैनिक शासकको निकटता रुससँग बढेको देखिन्छ । रुसको निजी सैनिक वाग्नरले नाइजरमा सम्बन्ध बनाउँदै लगेको छ ।

नाइजरमा कुनैपनि बेला पश्चिमा देशहरुको साथ पाएर इकोवास भनिने पश्चिम अफ्रिकी देशहरुको संगठनले हमला गर्ने सम्भावना छ । त्यस्तो चेतावनी इकोवासले दिदै आएको छ । तर, इकोवासका सदस्य राष्ट्रहरु माली, बुर्किना फासो, गिनी जस्ता देशहरु सैन्य आक्रमणको विपक्षमा छन् । यसले पनि पश्चिमा अफ्रिका ठूलो युद्धमा पर्न सक्ने खतरा छ ।

प्रतिक्रिया