दानवीर बाजपेयी जस्ले किड्नी दान गरेका थिए
दीपेश केसी:
सानो मनले कोही ठूलो हुँदैन, टुटेको मनले कोही उभिन सक्दैन
मन हारेर मैदान जितिदैन, न मैदान जितेर मन जित्न सकिन्छ ।
जब उनी कविता वाचन गर्थे तब हलमा तालिको गडगडाहट सुनिन्थ्यो । जोस र लयमा कविता वाचन गर्ने क्षमताका थिए अटल विहारी वाजपेयी ।
कहिले नटुट्ने मनका धनी थिए अटल । देशभक्ति र साहस जगाउने कविता कोर्थे । उनको कविता वाचन सुन्न भारतका चर्चित अनुहार समेत लालायित हुन्थे । श्रोतालाई जुरूक्कै उचाल्ने भाषण गर्थे ।
राजनीतिमा लाग्दै गर्दा कलमलाई कहिले विश्राम दिएनन् । राष्ट्रिय स्वयं सेवक संघमा प्रचारकमा रुपमा सक्रिय हुँदा दिनभर कार्यक्षेत्रमा खटिएपनि राति सधै कविता कोर्ने गरेको घटना संघका कार्यकर्तामाझ अझै चल्ने गरेको छ । बहुप्रतिभाशाली अटलले पत्रकारितामार्फत् समाजको गहिराई बुझन् र कलम तिखार्ने मौका पाए । त्यसैले, आफू पत्रकार थिएँ र लेखिरहन्छु भनी गर्व गर्थे ।
२५ डिसेम्बर सन् १९२४ मा मध्य प्रदेशको ग्वालियरमा शिक्षाप्रेमी मध्यमवर्गीय ब्राम्हण परिवारमा जन्मिएका थिए, अटल । बाबु कृष्णविहारी वाजपेयी र आमा कृष्णा देवी थिइन् । हजुरबुवा पण्डित श्यामलाल वाजपेयी उत्तरप्रदेशको बाटेश्वरबाट ग्वालियर पुगेका थिए ।
बाबु कृष्णविहारी गृहनगरस्थित विद्यालयका शिक्षक र कवि थिए । बाबुको प्रेरणाले अटलविहारीले कविता लेख्न थाले । सानैदेखि मेधावी छात्र थिए । सरस्वती शिशु मन्दिरबाट विद्यालय स्तरको शिक्षा पूरा गरी भिक्टोरिया कलेज (हाल लक्ष्मीबाई) बाट हिन्दी, संस्कृत र अंग्रेजीमा स्नातक तह अति विशिष्ट श्रेणीमा उत्तीर्ण गरे । तीनैवटा भाषामा धाराप्रवाह बोल्ने क्षमता राख्थे । कानपुरस्थित डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरे । उक्त कलेजमा बाजपेयी बाबुछोराले एउटै तह र विषयमा भर्ना लिएका थिए । उनीहरू छात्रवासमा पनि सँगै बस्थे । बाबुछोरा एकैसाथ स्नातकोत्तर अध्ययनमा लागेकाले कलेजमा धेरैको चासो बढ्यो ।
१९३९ मा हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आवद्ध हुँदा १५ वर्षका थिए । चार वर्षसम्म आरएसएसमा तालिम लिए । औपचारिक पढाईसँगै अन्य सामाजिक कार्यमा समेत अति सक्रिय हुन्थे । वाजपेयी धेरै महत्वाकांक्षी थिएनन् । तर्कक्षमताका साथै प्रस्तुती उत्कृष्ट थियो । लेखपढमा लगाव राख्नुका अलावा कविता कोर्थे ।
पत्रकारितामा निकै सक्रिय भए । हिन्दी पत्रिकाहरू राष्ट्रधर्म मासिक, पाञ्चजन्य दैनिक, स्वदेश र वीर अर्जुन नामक पत्रिकाहरूमा काम गरे । पाञ्चजन्यमा वाजपेयी सम्पादक थिए । मूलधारको पत्रकारितामा लाग्दा भारतको तत्कालिन राजनीतिक, सामाजिक र आर्थिक समस्यालाई नजिकबाट नियाल्ने अवसर पाए । पत्रकारिताले समाज बुझ्न र मनन गर्ने शक्ति वृद्धि गरिदियो । कवि हृदयका अटलको कलम झन् तिखारियो । मनैदेखि देशको सेवा गर्ने अठोटका साथ राजनीतिमा उत्तिकै सक्रिय थिए । कहिले नझुक्ने र नथाक्ने अठोट लिएका उनी त्यस्तै भए । वाजपेयी कवितामार्फत् लेख्छन्– टुट्नसक्छु तर झुक्न सक्दिनँ ।
ब्रिटिश शासकको विरोधमा लागेवापत् किशोरावस्थाका वाजपेयी १९४२ मा पक्राऊ परे । आरएसएसको विस्तारकका रूपमा उत्तर प्रदेश खटाइए । १९४७ मा आरएसएसको प्रचारक भएपछि पूर्णकालीन राजनीतिक कार्यकर्ता बने । पछि हिन्दुवादी भारतीय जन संघका सक्रिय कार्यकर्ता भए । संघलाई उनैले नेतृत्व समेत दिए ।
विद्यावारिधीका साथै राजनीतिलाई समेत निरन्तरता दिने उद्देश्यले लखनऊ पुगे तर अहोरात्र राजनीतिमा व्यस्त हुनाका कारण इच्छा मारे । सन् १९८० मा जनसंघ भार�

