२३ भाद्र २०८१, आइतबार | September 8, 2024

शिवशिखरका केदारनाथ पक्राउ परेपछि तेक्वान्दो संघका अध्यक्ष काजिमान र डिएसपी मल्ल सीआइबीको निशानामा


August 18, 2023
498
Shares

काठमाडौं, १ भाद्र । सर्वसाधारणको अरबौं डुबाउने शिवशिखर सहकारीका संचालक र शिखर ग्रुप अफ अग्रनाईजेशनका अध्यक्ष केदारनाथ शर्मा पकाउ परेसँगै नेपाल प्रहरी र खेल क्षेत्रमा प्रभाव जमाएर बसेका व्यक्तिहरु सीआइबीको निशानामा परेका छन् । जसमध्ये नेपाल तेक्वान्दो संघका अध्यक्ष काजिमान श्रेष्ठ र नेपाल प्रहरीका डिएसपी दिल बहादुर मल्ल छन् ।

शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा मिलेर श्रेष्ठ र मल्लले सहकारीको रकम हिनामिना गरेका विश्वस्त स्रोतले नेपाल पेनलाई जानकारी दिएको  छ । डिएसपि मल्ल प्रहरीका दुइ पूर्व अधिकारीका विश्वासपात्र मानिन्छन् । उनीहरुमध्ये एकजना नक्कली सर्टिफकेट काण्डका दोषी अशोक सिंह हुन् । अर्का पूर्व एआइजी हरि पाल हुन् ।

शिवशिखरका केदारनाश शर्मा पक्राउ पछि प्रहरीका कतिपय पूर्व र बहालवाला अधिकृतको होस हवास गुमेको छ । दिल बहादुर मल्लले काजीमान श्रेष्ठ र केदारनाथ शर्मासँग निकट भएकै कारण शिवशिखर सहकारीले आयोजना गरेको अवार्ड थाप्न पुगेका थिए ।

मल्लले प्रधानमन्त्री कार्यालयको समेत नाम बेच्दै हिंडेका छन् । प्रधानमन्त्री कार्यलयका रमेश मल्लको नाम बेचिरहेको बुझिएको छ । उनले मल्ललाई काकाको छोरा भन्दै कसैले नि छुन सक्दैन भन्दै प्रभाव देखाउने गरेका छन् ।

सहकारीमा मल्लले अकुत धन राख्ने गरेका थिए।।कतै रेकर्ड नहुने भएका कारण मल्लले शिवशिखर सहकारी रोजेका हुन । यसबारे अख्तियारको समेत आँखा परिसकेको बुझिएको छ ।

प्रतिक्रिया