८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

ऐना युनिसेक्स सलुनले मनायो दोस्रो वार्षिकोत्सव,दिपाश्री देखि मदनदासले दिए शुभकामना


August 14, 2023
0
Shares

काठमाडौं,२९ साउन । काठमाडौं थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ऐना युनिसेक्स सलुन तेस्रो वर्षमा प्रवेश गरेको छ। आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको सलुन विभिन्न क्षेत्रमा अनुभव संगालेकी खुसी पाठकले सञ्चालन गर्दै आएकी छिन्।  पाठकले अमेरिकाबाट फर्किएपछि व्यवसाय सुरु गरेकी हुन् ।

दोस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै पाठकले आफू जस्तै देश छोडेर हिँडेका युवालाई स्वदेश फर्किएर केही गर्नका लागि उत्प्रेरणा मिलोस् भनेर सलुन सञ्चालन सुरु गरेको बताइन्। कार्यक्रममा हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले छोरीहरुको प्रगतिका लागि आफू जस्तो अवस्थामा पनि उभिने प्रतिबद्धता गरिन् ।

पछिल्लो समय युवाहरुले देश छोड्ने सपनासहित परदेश जाने सपना देखिरहेका बेला अमेरिका पुगेर पनि आफ्नै देशमा केही गरौं भन्ने सोच बोकेर आएकी खुशीको व्यवसाय लोकप्रिय बन्दै जाओस भन्दै खुशी व्यक्त गरिन् ।

ऐना युनिसेक्स सलुनकी सञ्चालिका खुसी पाठकले सलुनको दुई वर्षे यात्रालाई हेर्दा आफू केही सफल भएको बताइन्। “म मेरो व्यवसायमा सलुनमा काम गर्ने साथीहरुका कारण सफल छु। तथापी व्यवसाय बिस्तारका लागि हाम्रो संघर्ष जारी छ ।”–उनले भनिन् ।

खुशीले वार्षिकोत्सव मनाइरहँदा आफ्नो सलुनमा आउने ग्राहकलाई पनि सम्झना गरिन्। पाठकले भनिन्,“टाढा–टाढाबाट ग्राहकहरु आउनुहुन्छ, एकपटक आएपछि उहाँहरु हामीलाई सम्झिएर पटक–पटक आउनुहुन्छ। उहाँहरुको मायाले गर्दा नै म आज दोस्रो वार्षिकोत्सव मनाउन सफल भएकी छु ।”

ऐनाको वार्षिकोत्सवमा दीपाश्रीका साथमा कलाकार मदनदास श्रेष्ठ, निर्मल शर्मा लगायतको उपस्थिती थियो।

प्रतिक्रिया