१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको उपेन्द्र यादवविरुद्ध गौरकाण्ड देखि सीके राउत कार्ड


August 14, 2023
0
Shares

काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता चलाउन र टिकाउन एकपछि अर्को पासा फालिरहेका छन् । सत्ता गठबन्धनमा जो जो आफूविरुद्ध लाग्न खोज्छ उसैलाई अप्ठ्यारोमा पारिरहेका छन् ।

प्रचण्डले पछिल्लो समय जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन् । यादव आफूविरुद्ध जान खोजेको संकेत बुझेर उनले गौर हत्याकाण्डको फाइल खोल्न लगाइसकेका छन् । यसले यादव झस्किएका छन् ।

मधेशमा उपेन्द्र यादवका मुख्य प्रतिद्वन्द्वी सीके राउतलाई प्रचण्डले नजिक बनाएका छन् । राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सामेल गराउने रणनीति बनाएर अमनलाल मोदीलाई फिर्ता बोलाएर अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तय गरेका छन् । साह जनमतबाट मन्त्रीको सिफारिश भएकी छिन् ।

उपेन्द्र यादव प्रचण्डबाट टाढिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भित्र भित्र सम्बन्ध बनाउन सक्रिय भएका छन् । यो सूचना पाएर प्रचण्डले उनलाई अप्ठ्यारोमा पारिसके ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया