कोशीमा खतरनाक बाढी, ५६ वटै ढोका खोलियो

विराटनगर, २९ साउन । कोशी नदीमा तीन दशकपछिको ठूलो बाढी आएको छ । अविरल वर्षापछि सप्तकोशी र सहायक नदीहरुमा बाढीले कोशी नदीमा खतराको तह पार गरेको हो ।
कोशीको बाढीको खतरापछि ५६ वटै ढोका खोलिएको छ । इतिहासमा तेस्रोपटक सबै ढोका खोलिएको छ । यसअघि २५ वर्ष अघि सबै ढोका खोलिएको थियो ।
कोशी ब्यारेजमा आवतजावतमा समेत बन्देज लगाइएको छ । बाढीका कारण भारतको विहारमा पनि ठूलो जनधनको क्षति पुग्ने खतराको सूचना जारी गरिएको छ ।-Photo Source: Hamro Pahichan