२३ भाद्र २०८१, आइतबार | September 8, 2024

माओलाई पूजा गर्नेको शासनमा किन उखेलिन्छ पृथ्वीनारायणको शालिक ?


August 13, 2023
9.5k
Shares

हेमशंकर गिरीः काभ्रेको बिकट स्थानमा अभाव र गरिबिबाट पिल्छिएर भिरको कुनामा झुप्रोकै बास थियो मेरो । बिद्यालय तहको शिक्षा आर्जन गर्न समेत कठिन भई मजदुरी संगसंगै अध्ययन समानान्तर रुपमा बढ्यो । तत्पश्चात नेपाली सेनाको सिपाहीमा प्रबेश गरि सामान्य दर्जाबाट निबृत्त भएँ । वर्गीय हिसाबले मपनि कम्युनिष्ट त्यसमाथि पनि सर्वहाराको नारा लगाउने माओवादी हुनुपर्ने हो । छिमेकी मित्र राष्ट्र आधुनिक चीनका निर्माता माओत्सेतुङ र नेपालका राजा महेन्द्रको मित्रताको बारेमा पढेको र सुनेको छु साथै माओप्रति संधै श्रद्धा र स्मरण गर्छु किन कि उनले नेपाल राष्ट्रको राष्ट्रिय एकता,अखण्डता,स्वतन्त्रता र स्वाधिनताको जग निर्माणमा स्व।राजा महेन्द्रलाई सहयोग मात्र गरेनन नेपालको विकासमा समेत साथ दिएका थिए ।

तर, माओकै नाममा नेपालमा गठन भएको पाटी माओबादीलाई ईण्डोपश्चिमा मिशनबाट बोकाएर पठाएको बिखण्डनकारी भारीले आज सिङगो नेपाल देश नै खतरामा परेको छ । देशमा जातीय टकराव बढाउन माओवादीले जुन भूमिका खेल्यो त्यो कम्युनिस्ट सिद्धान्त विपरित छ । कम्युनिस्टहरु वर्गको कुरा गर्छन् जातको होइन । कम्युनिष्टहरु वर्ग संघर्षमा जोड दिन्छन् जातीय द्धन्द्धमा होइन । यो विषय नेपालको माओवादीले किन उरालिरहेको छ ।

यो धर्तीविरुद्ध षड्यन्त्र भइरहेको छ । यो देशमा हिंसाको खेती गर्ने धन्दा चलाइएको छ । यसको भारी माओवादी नेताहरुले विगतमा बोके र फेरि पनि बोक्दैछन् । प्रचण्ड,बाबुरामहरुप्रति निम्न प्रश्नहरु तेर्साउन मन लाग्छ ।

माओबादी जनसेनालाई भारतको देहरादुन स्थित चक्रताको सरकारी ब्यारेकमा तालिम,हतियार राशनपानी उपलब्ध भएको भन्ने कुरा पूर्व जर्नेल बिबेक कुमार शाहद्वारा लिखित मैले देखेको दरबार नामक किताबमा उल्लेख छ । के यो सत्य हो ? झुठा थियोभने लेखकमाथि मुद्दा हाल्न किन सक्नु भएन ?

सुरुमा प्रचण्ड बाबुरामहरुसंगै जनयुद्धमा होमिएका भरत दाहाल प्रचण्डलाई भेट्न भारत जांदा प्रचण्डहरुलाई नोयडा स्थित भारतीय सरकारी कृषि तालिम शिक्षालयको गेष्टहाउसमा सुरक्षा सहित राखेको पाएं र त्यसैकारण माओबादी छाडें भनिरहन्छन् यो कुरा के हो ?

भारतीय पुर्वराजदुत रञ्जित रे ले नेपाललाई भुटानी मोडलमा लैजान ढिला भयो भनि द काठमाण्डु डिलेमा रिसेटिङ ईन टाईज भन्ने किताब लेख्छन् र त्यहि किताब मिति २०७८ मा सोल्टि होटलमा प्रचण्डले बिमोचन गर्छन् साथै भोलिपल्ट अन्तरक्रियामा समेत भाग लिन्छन् ? के दश बर्षे जनयुद्ध नेपाललाई भुटानी मोडलमा लैजानकै लागि थियो ?

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जांदा गरेको २५ बुंदे सम्झौता मध्ये एउटा बुंदामा सार्क सैनिक संगठन निर्माण गर्ने र उक्त संगठनको नेतृत्व अनन्तकालसम्म भारतीय सैनिकले गरिरहने र संयुक्त राष्ट्र संघीय शान्ती मिशनहरुमा सार्क मुलुकहरुबाट खटाउनु पर्दा भारतीय सैनिक मातहतमा रहेर खट्टिनेगरी सहमती गरेकोमा पछि नेपाली सेनाले नमानेर कार्यान्वयनमा नआएको भन्ने छ यसो किन र के को लागि गरिएको थियो ?

राजा बीरेन्द्रले समेत पटक पटक अस्वीकार गरेको नागरिकता बिषयमा माओबादी शान्ती प्रकृयामा आउनासाथ त्यसैलाई पहिलो सर्त किन बनायो र २०६३ मंसीर १० गते नयां कानुन बनाएर बितरण गरेको नागरिकता मध्ये खुद भारतीयहरु ४० लाखले नागरिकता लिएको भन्नेछ यो कुराको स्वयं भारतले पुष्टि गर्नुलाई कसरी बुझ्ने ?

अघिल्लो राष्ट्रपतिले राष्ट्रघाती ठहर गर्दै प्रमाणीकरण गर्न अस्वीकार गरि निष्कृय भएको नागरिकता बिधेयकलाई भारत भ्रमणमा निक्लनु दुईघण्टा अगाडि हालको राष्ट्रपतिबाट प्रमाणीकरण गराएर तिनै ४० लाखको सन्तानलाई बंशजको आधारमा नागरिकता किन दिईयो ? अब यसबाट जनसंख्याको राजनितिद्वारा सिक्किमिकरणको बाटो स्पष्ट रुपमा तय भयो कि भएन ?

माओबादीले नागरिकता सम्बन्धमा उच्च स्तरीय राष्ट्रिय आयोग बनाउं त्यसपछि उक्त आयोगको सिफारिसको आधारमा पाउन पर्ने नेपालीलाई नागरिकता दिलाउं र नपाउनु पर्नेहरुले पाएको छभने खारेज गरौं भन्न किन सक्दैन थियो ?

प्रदेश बनाउंदा तराईका २२ जिल्लालाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त एक मधेश प्रदेश र बांकी पहाडलाई जातियताको आधारमा १३ प्रदेश किन माग गरेको ?

त्यो संभव नभएपछि देउवासंग मिलेर लुम्बिनी प्रदेशलाई पहाडबाट अलग गराउन किन खोजेको थियो र यसको रणनीति के थियो ? माओबादी पाटिकै बाबुराम भट्टराई प्रधानमन्त्रि हुंदा नेपालको अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलमा भारतीय एयरमार्शल राख्नेगरी मन्त्रि परिषदको निर्णय किन गरेको ? यस बिषयमा मुद्दा परेपछि सर्बोच्चले खारेज गरेको हो कि होईन ? अहिलेपनि प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आएपछि सिभिल पोशाकमा भारतीय एयरमार्शल राखेको भन्ने हल्ला कतिसम्म सत्य हो ?

२०७२ को संविधान बन्नुभन्दा केही बर्षअघि बिरगञ्जमा रहेको भारतीय महा बाणिज्य दुताबासका महा बाणिज्य दुतले तराईबाट प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई रात्री भोज दिन्छन अनि त्यहाँ उपस्थित नेताहरूलाई तपाईंहरू किन टुटफुट भएको ?

सिङ्गो मधेश टुक्रिंदा मेरो त मुटु फुटे जस्तो लाग्छ त्यसकारण तपाईंहरू २२ जिल्ला मधेश प्रदेशको लागि आजैबाट जुट्नुहोस भनेपछि त्यहाँ सहभागी सबै दलका नेताहरुले आ आफ्नो पाटी हेडक्वाटरमा रिपोर्ट गर्छन त्यसपछि चार दलका नेताहरु बसेर मिटिङ गर्दै ननग्राटा लगाएर निज महा बाणिज्यदुतलाई फिर्ता गर्ने र घोर आपत्ति जनाई संयुक्त बिज्ञप्ती निकाल्ने सहमती हुन्छ तर सहमतिपछि जरुरी काम परेकोले पछि दस्तखत गर्नेगरी बिजय गच्छेदार बाहिर निक्लन्छन, त्यसको ड्राफ्ट झलनाथ खनालले गर्छन उनको तर्फबाट हस्ताक्षर गरि सुशील कोईरालालाई पनि गराउंछन र प्रचण्डलाई हस्ताक्षर गर्न दिंदा प्रचण्ड भन्छन कि बिजय गच्छदारजिलाई गराउनु पर्छ त्यसपछि म गर्छु र यो बक्तब्य बाहिरपनि मै ल्याउंछु भन्छन यसोभनेपछि त्यो बक्तब्य प्रचण्डको हातमा दिईन्छ तर बिडम्बना त्यसको २० मिनेट भित्र उक्त संयुक्त बक्तब्य भारतीय दुताबासमा फ्याक्स पुगिसक्छ त्यसपछि भारतीय राजदुतले सुशील कोईरालाई फोन मार्फत थर्काउंछन तर सुशीलले उल्टै भारतीय राजदुतलाई आफ्नो निबासमा बोलाएर हप्काउंछन तर उक्त बक्तब्य भने भित्रभित्रै तुहिन्छ ? त्यसलाई कसरी बुझ्ने ?

यो सुचना सांचो हो कि झुठो हो ? ८२ प्रतिशत हिन्दुसनातन भएको राष्ट्रमा धर्मनिरपेक्षताको माग किन गरेको ? के त्योभन्दा पहिला कुनै धार्मिक द्वन्द्व नेपालमा थियो त ?

तपाईंहरूको जोडबलमा २०७२ को संविधान जारी भएपछि अहिलेसम्म देशभर करिब १९ हजार चर्च बनिसके र बोडिङ्ग स्कुलहरुमा बिद्यार्थीहरुलाई बाईबल समेत पढाउन थालिसकियो । त्यतिले नभई माओबादी पाटीको तर्फबाट उपराष्ट्रपति भएका ब्यक्तिले दोलखामा गएर बिद्यार्थीहरुको हातमा बाईबल थमाएको समाचार आएको थियो र त्यो सत्य हो कि झुठा हो ?

तपाईंहरूले जनयुद्ध थाल्नु पुर्ब र तपाईंहरू सत्तामा आउनुपुर्व यो मुलुकमा सामाजिक एवं साम्प्रदायिक सदभाव र धार्मिक सहिष्णुता बिथोलिएको थियो कि थिएन ?

तपाईंहरू सत्तामा आउनासाथ नेपालको चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा बदल्न किन खोजेको हो र यसको कारण के थियो ?

नेपालको राष्ट्रिय पोशाक,राष्ट्रिय चिन्हहरु,धर्मसंस्कृति,रितिरिवाज तथा मौलिक परम्परामाथि किन सौदाबाजि गरेको ?

यसैगरी नेपाल देशको नाम बदल्न किन खोजेको ? राष्ट्र निर्माता पृथ्विनारायको शालिक किन तोडेको र राष्ट्रिय एकता दिवस खारेज किन गराएको ?

के तपाईंहरूको बिचारमा पृथ्वीनारायणले एकीकरण गरेर सिङगो नेपाल राष्ट्र निर्माण गर्नु नै गलत थियो ?

माओकै नाममा गठन भएको पाटीले माओकै अति घनिष्ट मित्र महेन्द्रलाई सत्तोसराप किन गरेको साथै उनको शालिक तोड्नुको पछाडि कारण के छ ?

माओ र महेन्द्र मिलेर नेपालको जग बलियो बनाएको बिषय तपाईंहरूलाई स्वीकार्य छैन हो ?

युद्धको समयमा संस्कृत किताब किन जलाएको साथै संस्कृत पढाउने शिक्षकहरुको हत्या गर्नुको कारण के थियो ?

तपाईंहरुमा पुर्खाको लिगेसी छ कि छैन,शरिरमा नेपाली रगत छ कि छैन,नेपाली मन र पन छ कि छैन र छातिमा हात राखेर भन्नुहोस अब हाम्रो भन्ने के बांकी छ ?

मुलुकको सार्बभौमिकता,स्वाधिनता,राष्ट्रिय अखण्डता र स्वतन्त्रता बांकी छ ?

कृषियोग्य भुमि बांकी छ ? उद्योग कदकारखाना बांकी छ ? नदिनालाहरु हाम्रो अधिनमा छ ?

धर्म अध्यात्म तथा संस्कृति र सभ्यतासंग सम्बन्ध भएको नेपाल राष्ट्रलाई आज किन धर्महिन,संस्कृति विमुख र असभ्य बनाईयो ?

नेपाली माटोको बिचार र दर्शनलाई लत्याएर बिदेशी बिचार र दर्शनलाई पुष्ट पार्ने काम किन गरियो ?

नेपालको पहिचान मेटाउने नेपालले बोकेको बिश्वबन्धुत्वको दर्शन मास्ने,अनेकतामा एकता रहेको समाजलाई वहुसंख्यक र अल्पसंख्यकमा बिभाजन गर्ने काम किन गरियो ?

समानतालाई भन्दा अधिनस्थतामा बिश्वास गर्ने,एकीकरण,एकता र अखण्डतालाइ भन्दा कलह र बिभाजनलाई मलजल गर्ने कामहरु किन भए ?

आफ्नो पुर्खाको बलिदान,स्वाभिमान र ईतिहासलाई सत्तो सराप गर्ने काम किन भयो ?

तपाईंहरूले सुत्रपात गरेको साम्प्रदायिक द्वन्द्व ,घृणा र जातीयताको राजनितिले अब मुलुक कता जांदैछ ? यसले कस्तो परिणाम निक्लि रहेको छ ?

 

प्रतिक्रिया