१२ श्रावण २०८१, शनिबार | July 27, 2024

समाज रुपान्तरणका निम्ति युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक : मन्त्री मोदी


August 12, 2023
0
Shares

मोरङ, २७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले समाज रुपान्तरणका निम्ति युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन् ।

मोरङको विराटनगरमाअन्तर्राष्टिय युवा दिवसको अवसरमा मातृभूमि फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“समाज रुपान्तरणका निम्ति युवा पुस्ताले नेतृत्वदायी भूमिका   निर्वाह गर्नुपर्ने आवश्यकता छ”मन्त्री मोदीले भने, “देशको परिस्थिती र समाजको आवश्यकतालाई ध्यानमा राखेर युवा पुस्ताले मुलुक निर्माणमा योगदान गर्न सक्नुपर्छ ।”

नेपालमा रोजगारीको अवसर नभएका कारण लाखौँ लाखयुवाहरु खाडी मुलुकमाजानबाध्यभएको बताउँदै मन्त्रीमोदीले उनीहरुको श्रम र सीपलाई उपयोगमाल्याउनेगरी सरकारले कामगरिरहेको समेत बताए । उनले थपे, “जो युवाहरु विदेशिएका छन्, त्यहाँपनिबोटमा पैसा फलेको छभनेर टिप्न गएकाहोइनन्,उनीहरुले रगत र पसिनाबगाएर श्रम गरिरहेका छन्, उनीहरुलाई नेपालमै रोजगारीको प्रबन्ध गर्ने र युवाहरु विदेशिने क्रमलाई रोक्नेबाहेक सरकारसँग अर्को विकल्प छैन ।”

मन्त्रीमोदीले भ्रष्टचारीहरीहरुलाई कानुनीदायरामाल्याई सुशासनकायम गरी देशमा रोजगारी सिर्जना गर्ने बाटोमा सरकार अगाडि बढिरहेको समेत बताए ।

कार्यक्रममा नेपाल र भारतकाविभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुले धारणा समेत राखेका थिए ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया