२३ भाद्र २०८१, आइतबार | September 8, 2024

माओवादीको केन्द्रीय समिति बैठक आज सकिदै


0
Shares

काठमाडौँ, २१ साउन । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएपछि आजै समापन हुने भएको छ ।

बैठक गत बुधवार देखी सुरु भएको हो । बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया