१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शिक्षा र खानेपानी परियोजनामा भारत सरकारको अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


0
Shares

काठमाडौं, १९ साउन । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा परियोजना निर्माण हुने भएको छ । चार परियोजनाको कुल लागत १७ करोड रहेको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परियोजनाहरुमा शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन, दार्चुला जिल्लाको व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन रहेको छ । यी परियोजनाहरुको निर्माण क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया