३१ भाद्र २०८१, सोमबार | September 17, 2024

को हुन् भावी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ


0
Shares

काठमाडौं, १८ साउन । देशको अबको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बन्ने निश्चित भएको छ । संवैधानिक परिषद्को बिहिबार बसेको बैठकले उनको नाम सिफारिश गरेको छ ।

२० साउनबाट हरिकृष्ण कार्की अवकाशमा गएपछि श्रेष्ठले सर्वोच्च अदालतको कमाण्ड सम्हाल्नेछन् । उनको नाम सिफारिश भएपछि संसदीय सुनुवाई समितिमा लगी पारित गर्नुपर्नेछ ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश श्रेष्ठले १४ महिनाका लागि सर्वोच्चको नेतृत्व लिनेछन् । उनी २०८१ सालको असोजमा अवकाशमा जानेछन् ।

श्रेष्ठको जन्म डोटीको सिलागढीमा भएको थियो । उनको स्थायी ठेगाना कैलालीको धनगढी हो ।

२०३९ सालमा न्याय सेवाको अधिकृत भएका उनी २०५० सालमा सर्वोच्च अदालतको सहायक रजिष्ट्रार भएका थिए । २०५१ मा उदयपुर जिल्ला अदालतका न्यायधीश बनेका उनी मकवानपुर, झापा, बाँके र काठमाडौं जिल्ला अदालतमा कार्यरत रहे ।

२०६३ मा पुनरावेदन अदालतको न्यायाधीश बने । २०७१ मा पुनरावेदन अदालत हेटौंडाका मुख्य न्यायाधीश बनेका उनी २०६३ बाट सर्वोच्चका न्यायाधीश छन् ।
कानूनमा स्नातक गरेका श्रेष्ठले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

प्रतिक्रिया