३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओलीद्वारा प्रचण्डमाथि सुन तस्करीको आरोप


0
Shares

काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डमाथि सुन तस्करीको आरोप लगाएका छन् । उनले सरकार आफैले सुन तस्करी गराइरहेकाले उच्चस्तरीय छानबिन समिति गठन गर्न नमानेको बताए ।

बुधवार च्यासलमा आयोजित कार्यक्रममा ओलीले प्रचण्डतर्फ संकेत गर्दै भने, ‘उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साँढे नौं किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु ।’

सुन तस्करीमा काँग्रेस चुइँक्क नबोलेको भन्दै ओलीले प्रश्न गरे । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरे, ‘देउवाजी तपाईंले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’

सुन तस्करीमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । उसले सदन पनि चल्न दिएको छैन । तर, सरकार समिति गठन गर्न तयार छैन ।

प्रतिक्रिया