१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादीले पहिलो पटक केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्दै


0
Shares

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज देखि सुरु हुने केन्द्रीय समितिको बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बैठक आजदेखि २१ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बस्दैछ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरेको भएपनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने भएको हो । पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग अनुसार यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइने जनाइएको छ ।

यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया