१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चिठ्ठामा १० करोड जितेपनि कुहिने फोहोर जम्मा गर्ने काम नछाड्ने यी महिलाहरु


0
Shares

एजेन्सी, १६ साउन । तपाईं एक करोड चिठ्ठा परे के गर्नुहुन्छ ? कुनै कठिन काम गर्दै आउनुभएको छ भने छाड्नुहोला या अन्य काममा हात हाल्नुहोला जस्ले तपाईंको शान र मान पनि बढ्न सक्छ । तर, भारतमा १० करोड भारु चिठ्ठा जित्ने ११ महिलाले आफूले विगतमा गर्दै आएको फोहोर संकलनको कामलाई निरन्तरता दिने भएका छन् ।

केरलाको नगरपालिकामा कुहिएको फोहोर संकलन गर्दै आएका थिए ती महिलाहरु । उनीहरु घर घर पुगेर त्यस्ता फोहोर संकलन गर्दथे । त्यसबापत् दैनिक २५० भारु कमाउँथे । जेनतेन आर्थिक व्यवस्थापन गर्दै आएका थिए ।

फोहोर संकलनको कमाईको केही रकम चिठ्ठा खरिद गर्दथे । एकपटक एक हजार जितेका थिए । चौंथोपटक उनहरुको भाग्य चम्कियो । यसपटक १० करोड जिते ।

अब ती महिलाहरु आफूहरुले गर्दै आएको फोहोर संकलनको कामलाई भाग्यशाली ठानेका छन् । उनीहरु यो काम यसकारण पनि नछाड्ने निर्णयमा पुगेका छन् ।

महिलाहरु हरित कर्म सेनाका सदस्य हुन् । उनीहरुमध्ये अधिकांश ऋणमा परेका छन् । बालबच्चाको पढाई र परिवारको सदस्यको उपचारमा ऋण लिएका छन् । उनीहरुले ऋण तिर्ने र सही ठाउँमा रकम सदुपयोग गर्ने बताएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया