२३ भाद्र २०८१, आइतबार | September 8, 2024

अफगानिस्तानका तालिवान शासकले ब्युटि पार्लर बन्द गराए वाद्यवादन जलाए


0
Shares

एजेन्सी, १६ साउन । मुस्लिम अतिवादी तालिवानले अफगानिस्तानमा ब्युटी पार्लरहरु बन्द गराएका छन् । अफगानिस्तानभर ब्युटी पार्लर बन्द गराएर महिलाको स्वतन्त्रतामाथि अझ कडाई गरेका छन् ।

तालिवानले शनिवार लाखौं डलरको वाद्यवादन जलाएका छन् । अफगानिस्तान सरकारले यसबारे औपचारिक जानकारी गराएको हो ।

गितार, हार्मोनियम, तबला जस्ता वाद्यवादन जलाइएको तस्बिरहरु सार्वजनिक भएका छन् । तालिवानले सगित, गीत, सौन्दर्य सम्बन्धी गतिविधिलाई बन्देज लगाएको छ ।

महिलाहरुलाई विद्यालय र कलेज जानबाट वञ्चित गरिएको छ । २०२१ मा तालिवान पुनः सत्तामा फर्किएपछि मुस्लिम बाहेक धर्मालम्बी र संस्कृतिमाथि आक्रमण बढाएको छ ।

अफगानिस्तानमा १५० भन्दा कम संख्यामा हिन्दू र शिख बाँकी छन् । कुनैबेला हिन्दू र बौद्धको बहुमत रहेको अफगानिस्तानमा अहिले हिन्दूहरु सुन्यको संख्यामा पुग्ने अवस्था बनेको छ । उनीहरु कि लखेटिए कि मारिए ।

प्रतिक्रिया